

के तपाइँको खुट्टा गन्हाउँछ ? कागतीको प्रयोग गर्नुहोस्


एजेन्सि । गर्मी लागेसँगै धेरै मानिसमा खुट्टा गन्हाउने समस्या हुन्छ । जुत्ता लगाएर धेरैबेरसम्म बसिरहँदा खुट्टा गनाउने समस्या झनै बढेर जान्छ । खुट्टा गन्हाउने समस्यामा कागतीको प्रयोग निकै लाभदायक मानिन्छ ।
राति सुत्नुअघि खुट्टामा मोजा लगाइ त्यसभित्र कागती राखेर सुत्दा खुट्टा गन्हाउने समस्याबाट छुटकारा मिल्छ । मोजाभित्र कागती राखेर सुत्दा हुने अन्य फाइदा यस्ता छन् ।
– खुट्टा सुख्खा हुँदैन
क्रिम, लोसन आदि लगाउनुका सट्टा मोजाभित्र कागती राखेर सुत्दा खुट्टा सुख्खा हुनबाट छुटकारा मिल्छ ।
– खुट्टाको दाग हटाउँछ
मोजाभित्र कागती राखेर सुत्दा खुट्टामा आउने विभिन्न किसिमका दाग हटेर जान्छ ।
– खुट्टाका मासुका डल्ला हराउँछ
राति सुत्नु अघि मोजाभित्र कागती राखेर सुत्दा यसले खुट्टामा आउने मासुका डल्ला पलाउने समस्याबाट छुटकारा मिल्छ ।
– पैताला नरम हुन्छ
कागतीको रसले पैतालाको सुख्खापन हटाउन मद्दत मिल्छ । त्यसैले पैतालालाई नरम राख्न कागती उपयोगी हुन्छ ।
कसरी गर्ने कागतीको प्रयोग ?
कागतीलाई दुईभागमा काट्ने । काटेको कागतीलाई पैतालामा दलेर बोक्रा सहितको कागतीलाई मोजाभित्रै राखेर सुत्नु फाइदाजनक हुन्छ । कागतीलाई मोजाभित्र कम्तीमा दुई घण्टा राख्नु राम्रो हुन्छ । यसरी कागती प्रयोग गरेको केही दिनभित्रै खुट्टा सफा र दागबाट मुक्ति मिल्छ ।
एजेन्सीहरुको सहयोगमा


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया