बाल कवयित्री जोशिका नूर–गङ्गा प्रतिभा गुठी पुरस्कारबाट सम्मानित

कपिलवस्तु ।
नवसर्जक साहित्य चौतारी नेपालकी केन्द्रीय उपाध्यक्ष एवं लुम्बिनी प्रदेश संयोजक पर्खर बालकवि जोशिका कँडेल निशा नूर–गङ्गा प्रतिभा गुठी पुरस्कारबाट सम्मानित भएकी छिन् । उनी नूर–गङ्गा नवप्रतिभा क्षेत्रीय लुम्बिनी अञ्चल स्तरीय साहित्य पुरस्कारबाट सम्मानित भएकी हुन् । सानै उमेरदेखी साहित्यमा रमाउन सुरु गरेकी निशा कविता विधामा जिल्लाकै एक होनहार प्रतिभा हुन् । निशा हरेक साहित्यिक कार्यक्रममा आफ्नो प्रतिभालाइ प्रस्तुत गर्दै जिल्लालाइ नै चिनाउन सफल भएकी छिन् ।

हजुरबुबा ऋषिकेशव भारद्वाजको प्रेरणाबाट कविता रचना गर्न प्रेरित भएको बताउने निशाले सानै उमेरमा नेपाली साहित्यलाई उचाइमा पुर्याउन अग्रसर छन् । छ्न्दमा नै कविता रचना गर्ने र सुमधुर स्वरमा वाचन गर्ने उनको शैली निकै उत्कृष्ट छ । वि।स। २०६५ साल माघ ८ गते पिता दुर्गाराज कंडेल र माता रीता कंडेलको कोखबाट कपिलवस्तुको बाणगङ्गा– ८ मा जन्मिएकी बालकवि निशाले ३ वटा कृति प्रकाशित गरिसकेकी छन् । उनी अहिले बाणगंगा– ८ मा अवस्थित चिल्ड्रेन प्याराडाइज ईङलिस बोर्डिङ हाईस्कुलमा कक्षा– ७ मा अध्ययनरत छन् ।

प्रतिक्रिया

खबर सबै