

शिक्षित युवा समाज विकासमा सहभागि गराउनका लागि पत्रकार न्यौपानेको स्वतन्त्र उम्मेद्वारी



कपिलवस्तु
युवा पत्रकार चन्द्रकान्त न्यौपाने कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ४ को वडा अध्यक्ष पदमा उठ्नु हुने भएको छ । सञ्चार माध्यमको प्रमुख भएर जिम्मेवारी सम्हाल्नु भएका न्यौपानेले आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको लागि स्वतन्त्र तर्फबाट वडाध्यक्षमा उठ्ने सामाजिक संजालबाट घोषणा गर्नु भएको हो ।
आफ्नो आधिकारिक फेसबुक एकाउण्डमा एक सन्देश लेख्दै उहाँले शिक्षित युवा समाज विकासमा सहभागि हुनुको विकल्प नभएको बताउनु भयो ।
उहाँ लेख्नुहुन्छ ‘वैशाख ३०, २०७९ मा हुने स्थानीय तह निर्वाचनको लागि कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ४ को लागि ३स्वतन्त्रतर्फबाट वडा अध्यक्ष पदमा उठ्ने घोषणा गर्दछु। यसपछाडीका कारण, योजना तथा रणनीतिबारे प्रचारात्मक अभियानको क्रममा विस्तारै वडा तथा नगरबासीमा अवगत गराउँदै जाने छु। मेरो उम्मेदवारी कमिसनतन्त्र र भ्रष्टाचारको न्यूनिकरण, स्मार्ट विकास र शुशासनयुक्त प्रशासनिक सेवा प्रवाहको लागि हुनेछ। मेरो उम्मेदवारीको अर्को महत्वपूर्ण पक्ष सम्पूर्ण युवाप्रतिनिधित्व र विकासमा युवा सहभागिता पनि हो। यहाँ सबैबाट साथ, सहयोग, सुझाव र मार्गदर्शन प्राप्त गर्न पाउने छु भन्ने विश्वास पनि व्यक्त गर्दछु। आज नगरे, कहिले गर्नेरु युवाले नगरे, कसले गर्ने ? धन्यबाद।’
कपिलवस्तुसंगै बुटवल र काठमाण्डौँका राष्ट्रिय संचारमाध्यम रेडियो, टेलिभिजन, अनलाइन मा लामो समयय पत्रकारिता गरिरहनु भएका न्यौँपानेले शिक्षित र उर्जाशिल युवालाई नेतृत्वमा पुग्ने मौका दिइए समाज परिवर्तन गर्न सकिने बताउनु भयो । न्यौपाने पत्रकारितासंगै बिभिन्न सामाजिक संघसंस्थामा रही सामाजिक र मानवीय कार्यमा समेत अग्रसर हुनुहुन्छ ।



खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया