

तालिबानी इन्डिया सेलले दिल्लीमा हमला गर्ने दियो चेतावनी, तनावमा दिल्ली प्रहरी



काठमाडौं
भारतको राजधानी नयाँ दिल्लीमा हमला गर्ने धम्की प्राप्त भएपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार नयाँ दिल्लीमा हमलाको धम्की दिने तहरीक–ए–तालिबानको इन्डिया सेल हो ।
तहरीक–ए–तालिबानको इन्डिया सेललले हमला गर्नेबारे इमेलमा खबर पठाएको बताइएको छ । इमेलमा बम बिस्फोट गराउने सम्मको धम्की प्राप्त भएको बताइएको छ । उक्त इमेल प्राप्त भएपछि दिल्लीमा सुरक्षा सतर्कता अलर्ट जारी गरिएको छ ।
मंगलबार रातिदेखि नै दिल्ली प्रहरीले सरोजनी मार्केटसमेत कयौँ बजारमा सर्च अपरेसन समेत चलाउन थालेको छ । दिल्ली प्रहरीको स्पेसल सेलका एक अधिकारीका अनुसार तहरीक–ए–तालिबानले ईमेलमार्फत धम्की पठाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
अहिले दिल्लीका संवेदनशील क्षेत्रमा प्रहरीको बाक्लो सुरक्षा व्यवस्था रहेको छ । मंगलबार राति सरोजिनी नगर मार्केटमा घण्टौँसम्म सर्च अपरेसन चलाइएको थियो ।
दिल्ली प्रहरीले इमेल पठाउने व्यक्तिको ट्रयाकसमेत पहिल्याउन खोजिरहेको छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया