देशका पहाडी भू–भागमा आज मौसम आंशिक बद्ली : गर्मी बढ्यो

काठमाण्डाै

देशका पहाडी भू–भागमा आज मौसम आंशिक बद्ली भएको छ । पहाडी एक/दुई ठाउँमा दिउँसोपख मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । अरु ठाउँको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

चैत लागेसँगै गर्मी बढ्दै गएको छ । धरानमा अस्ति बिहीवार अधिकतम तापक्रम ३७ दशमलव ७ डिग्री सेल्सियस मापन भएको छ । यसअघि धरानमा सन् २०१३ मा ३८ दशमलव ८ डिग्री सेल्सियस मापन भएको थियो ।

हिजो भने धरानको तापक्रम शून्य दशमलव ५ डिग्री सेल्सियसले घटेको छ । धरानमा पछिल्लो २४ घण्टामा उच्चतम तापक्रम ३७ दशमलव २ डिग्री मापन भएको छ । यस्तै जनकपुरमा ३७, भैरहवामा ३६ दशमलव ८, सिमरामा ३६ दशमलव ५ डिग्री, विराटनगरमा ३६ दशमलव २, धनगढीमा ३५ दशमलव २ र नेपालगञ्जमा ३४ दशमलव ६ डिग्री मापन भएको छ । त्यस्तै काठमाण्डौको ३१ दशमलव ३ डिग्री मापन गरिएको छ ।

भारतको राजस्थान, मध्यप्रदेश क्षेत्रमा तातो हावा चलिरहेको र नेपालको तराईमा तापक्रम बढ्नुमा यसको असर हुन सक्ने प्रारम्भिक अनुमान गरिएको महाशाखाका मौसमविद् वरुण पौडेलले बताउनुभयो ।

प्रतिक्रिया