


स्थानीय तह चुनावमा सत्तारुढ दलहरू मिलेर जाने सहमति भएकाे छ : माधव नेपाल



काठमाण्डाै
सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दलहरूबीच स्थानीय तह चुनावमा मिलेर जाने सहमति भइसकेको दाबी गर्नुभएको छ ।
आज बुधवारदेखि काठमाण्डाैमा सुरु भएको पार्टी केन्द्रीय कमिटीको बैठकमा बोल्दै अध्यक्ष नेपालले स्थानीय तह चुनावको तयारीको सन्दर्भमा सत्तारुढ दलहरूबीच मिलेर जाने सहमति भएको बताउनुभएको हो । सबै ठाउँमा मिल्न सकिँदैन भने पनि पारस्परिक लाभ कसरी लिन सकिन्छ भन्ने विश्लेषण गरेर स्थानीय तहको चुनावमा परिचालित हुन सिङ्गो पार्टी पङ्क्तिलाई उहाँले आह्वानसमेत गर्नुभयो ।
अध्यक्ष नेपालले अब सिङ्गो पार्टीको ध्यान स्थानीय तह चुनावमा केन्द्रित हुने पनि स्पष्ट पार्नुभयो । त्यसका लागि आवश्यक सङ्गठन र योजना निर्माण गर्न याे बैठकले महत्त्वपूर्ण निर्णय लिनुपर्ने उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो, ‘हाम्रो सम्पूर्ण ध्यान अब चुनावमा केन्द्रित हुनेछ । हामीले चुनावको तयारीको सन्दर्भमा गठबन्धन दलहरूसँग पनि कुराकानी गरिरहेका छौँ र चुनावमा हामी मिलेर जान्छौँ भन्ने सहमति भएकाे छ । सबै ठाउँमा मिल्न सकिँदैन भने पनि जति ठाउँमा सकिन्छ मिलेर जाने, त्यसमा निम्ति हामीसँग भएको शक्तिको हेक्का हामी आफैँलाई हुनुपर्याे । अरू पार्टीहरूको शक्ति कति छ, त्यसको पनि जानकारी हुनुपर्याे । ७७ वटै जिल्लामा, सात सय ५३ वटै स्थानीय तहमा हाम्रो उपस्थिति हुनुपर्दछ ।’


खबर सबै
-
बुटवलको तिनाउ नदि किनारका १५ जनालाई सुरक्षित स्थानमा सारियो
-
भारी वर्षाको पूर्वानुमानपछि लुम्बिनीमा १६ सयभन्दा बढी तालिम प्राप्त सशस्त्र प्रहरी परिचालन
-
बुटवल-पाल्पा सडक पहिरोले अवरुद्ध
-
राष्ट्रसंघमा बालेनको प्रस्ताव : नेपाल, भारत र चीन मिलेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाऔँ
-
कपिलवस्तुमा थपिए ९ जल तथा मौसम मापन केन्द्र, बाढीको पूर्वसूचना प्रणाली बलियो बनाइँदै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
राष्ट्रसंघमा बालेनको प्रस्ताव : नेपाल, भारत र चीन मिलेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाऔँ
-
कपिलवस्तुमा थपिए ९ जल तथा मौसम मापन केन्द्र, बाढीको पूर्वसूचना प्रणाली बलियो बनाइँदै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान






प्रतिक्रिया