


मतपत्रमा चुनाव चिह्न हरियाे रङ्गकाे हुने



काठमाण्डाै
निर्वाचन आयोगले अब मतपत्रमा चुनाव चिह्न हरियो रङको हुने बताएको छ । आज साेमवार आयोगले आउँदाे स्थानीय तह चुनावकाे तयारीबारे गरेको नियमित पत्रकार सम्मेलनमा अबको मतपत्रमा चुनाव चिह्न हरियो रङको हुने बताएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले निर्वाचन प्रचारप्रसार सामग्री, निर्देशिका, फारम आदि छपाइका लागि छापाखाना र सामग्री ढुवानी व्यवस्थापनका लागि हेलिकप्टर, ट्रक र कुरियर सेवा लिन सम्बन्धित फर्म–संस्थाहरू सूचीकृतका लागि सार्वजनिक सूचना गरिएको पनि जानकारी दिनुभयो ।
उहाँले निर्वाचन प्रचारप्रसार र मतदाता शिक्षाका लागि अडियो–भिडियो सामग्री तयारी गर्नका लागि चुनावसम्बन्धी गीति सन्देश, संवादमूलक सन्देश र चलचित्र लघुकथा लेखन प्रतियोगिताका लागि प्रकाशित सार्वजनिक सूचनाअनुसार प्राप्त भएका रचनाहरूको मूल्याङ्कन भइरहेको र ती सामग्रीहरू आयोगले उपयोग गर्ने पनि बताउनुभयो ।
आउँदाे वर्ष २०७९ वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगले धमाधम तयारी गरिरहेको छ ।


खबर सबै
-
बुटवलको तिनाउ नदि किनारका १५ जनालाई सुरक्षित स्थानमा सारियो
-
भारी वर्षाको पूर्वानुमानपछि लुम्बिनीमा १६ सयभन्दा बढी तालिम प्राप्त सशस्त्र प्रहरी परिचालन
-
बुटवल-पाल्पा सडक पहिरोले अवरुद्ध
-
राष्ट्रसंघमा बालेनको प्रस्ताव : नेपाल, भारत र चीन मिलेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाऔँ
-
कपिलवस्तुमा थपिए ९ जल तथा मौसम मापन केन्द्र, बाढीको पूर्वसूचना प्रणाली बलियो बनाइँदै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
राष्ट्रसंघमा बालेनको प्रस्ताव : नेपाल, भारत र चीन मिलेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाऔँ
-
कपिलवस्तुमा थपिए ९ जल तथा मौसम मापन केन्द्र, बाढीको पूर्वसूचना प्रणाली बलियो बनाइँदै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान






प्रतिक्रिया