माओवादीको केन्द्रीय समितिमा प्रचण्डद्वारा थप ९७ जना प्रस्तावित

काठमाडौँ
नेकपा माओवादी केन्द्रको आज बसेको केन्द्रीय समिति बैठकमा मनोनीत हुने केन्द्रीय समितिका सदस्यहरुको नाम प्रस्ताव गरिएको छ ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका कमिटीहरूबाट सिफारिस भईआएका नामहरूबाट केन्द्रीय सदस्यमा मनोनयनका लागि तयार गरिएको ९७ जनाको नामावली सूची वाचन गरेर सुनाएका थिए ।
माओवादीको संशोधित विधान अनुसार केन्द्रीय सदस्य संख्या २९९ जना रहने व्यवस्था गरिएको छ । गत पुषमा सम्पन्न पार्टीको आठौँ महाधिवेशनबाट २४७ जना केन्द्रीय सदस्य भने निर्वाचित भइसकेका छन् । बाँकी सदस्यहरु पार्टी नेतृत्वले समानुपातिक समावेशी आधारमा मनोनयन गर्ने व्यवस्था छ ।
सोहीअनुसार अध्यक्ष प्रचण्डले प्राप्त नामहरुमध्ये छानिएका ९७ जनाको नामसूची बैठकमा पेश गरेका हुन् । खुलातर्फ ५५ र समानुपातिक तर्फ ४२ जनाको नाम प्रचण्डले प्रस्ताव गरेको बताइएको छ ।

खबर सबै
-
बुटवलको तिनाउ नदि किनारका १५ जनालाई सुरक्षित स्थानमा सारियो
-
भारी वर्षाको पूर्वानुमानपछि लुम्बिनीमा १६ सयभन्दा बढी तालिम प्राप्त सशस्त्र प्रहरी परिचालन
-
बुटवल-पाल्पा सडक पहिरोले अवरुद्ध
-
राष्ट्रसंघमा बालेनको प्रस्ताव : नेपाल, भारत र चीन मिलेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाऔँ
-
कपिलवस्तुमा थपिए ९ जल तथा मौसम मापन केन्द्र, बाढीको पूर्वसूचना प्रणाली बलियो बनाइँदै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह

कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान

प्रतिक्रिया