


अब वहुमतका साथ काँग्रेसले ५ वर्ष आनन्दले सरकार चलाउछ : गगन थापा



काठमाडौं
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनमा काँग्रेसले जित निकाल्ने र सानदार ढंगले ५ वर्ष सरकार चलाउने दावी गरेका छन् ।
पार्टी निकट संस्था नेपाल निजामती कर्मचारी युनियनको ८औं महाधिवेशनलाई उद्घाटन गर्दै महामन्त्री थापाले अबको ५ वर्ष काँग्रेसले आनन्दले सरकार संचालन गर्ने बताए ।
‘यस पटक सानदार ढंगले चुनाव जितेर ५ वर्ष कांग्रेसले सरकार चलाउँछ । नेकपाले आफ्नै घरमा आगो लगाएकाले कांग्रेसको काँधमा सरकार चलाउने र चुनाव गराउने जिम्मेवारी आएको हो,’ उनले भने, ‘म्यान्डेटअनुसार ५ वर्षसम्म सरकार चलाउन सकेन त्यसपछि हामीले सरकारको जिम्मा लिएको हौँ।
नेपाली काँग्रेसले तत्कालीन नेकपाको सरकार नढलोस् भन्ने चाहँदा चाहँदै पनि उनीहरुले सरकार चलाउन नसकेको जिकिर गरे ।
उनले भने, ‘प्रदेश र संघमा नेकपाकै सरकार थियो । ५ वर्ष सरकार चलाउने जिम्मा लिएको थियो । तर नेकपाले चलाउन सकेन । उसले आफ्नै घरमा आगो लगायो।’
महामन्त्री थापाले ती आगो लगाउनेहरूमध्ये एकथरीले खरानी धसेर देखाइदिने हो भन्दै बाहिर आएको र अर्का थरी खरानीको थुप्रोमा बसेर अट्टहास गर्दै हामीले जित्यौँ भनिरहेको टिप्पणी गरे ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले ५० वर्ष काँग्रेस सरकारमा नआउने र काँग्रेसकै अन्तिम प्रधानमन्त्री शेरबहादुर देउवा भन्दै गरेको टिप्पणी स्मरण गर्दै आगामी निर्वाचनमा काँग्रेसले बहुमत ल्याउने जिकिर गरे ।


खबर सबै
-
बुटवलको तिनाउ नदि किनारका १५ जनालाई सुरक्षित स्थानमा सारियो
-
भारी वर्षाको पूर्वानुमानपछि लुम्बिनीमा १६ सयभन्दा बढी तालिम प्राप्त सशस्त्र प्रहरी परिचालन
-
बुटवल-पाल्पा सडक पहिरोले अवरुद्ध
-
राष्ट्रसंघमा बालेनको प्रस्ताव : नेपाल, भारत र चीन मिलेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाऔँ
-
कपिलवस्तुमा थपिए ९ जल तथा मौसम मापन केन्द्र, बाढीको पूर्वसूचना प्रणाली बलियो बनाइँदै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
राष्ट्रसंघमा बालेनको प्रस्ताव : नेपाल, भारत र चीन मिलेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाऔँ
-
कपिलवस्तुमा थपिए ९ जल तथा मौसम मापन केन्द्र, बाढीको पूर्वसूचना प्रणाली बलियो बनाइँदै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान






प्रतिक्रिया