विप्लवसँग भेटेपछि भीम रावलले भने- देशभक्तहरू एक हुनु राम्रो

काठमाडौं
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग भेटेपछि नेकपा एमालेका नेता भीम रावलले देशभक्तहरू एक हुने कुरा उचित भएको प्रतिक्रिया दिएका छन् ।
नेता रावलले सामाजिक सञ्जालमार्फत विप्लवले राष्ट्रिय स्वाधिनताका लागि सबै देशभक्त एक हुन र मोर्चा बनाउन आग्रह गरेको उनले बताएका छन् ।
उनले ट्वीटरमा लेखेका छन्– ‘आज नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेता खड्ग विश्वकर्मासँग मेरो घरमा भेटवार्ता भयो। उहाँहरूले राष्ट्रिय स्वाधीनताको लागि सबै देशभक्त एक हुन र मोर्चा बनाउन जोड दिनुभयो, देशभक्तहरू एक हुने कुरा उचित भएको र हाल आफ्नो ठाउँबाट भूमिका खेल्नु उचित हुने मेरो विचार रह्यो ।’
बिहीबार विहान विप्लव र नेता विश्वकर्मा रावललाई भेट्न उनको निवास टोखा पुगेका थिए । एमसिसीको विपक्षमा रहेकासँग मोर्चाबन्दी गर्न विप्लवले सक्रियता देखाएका छन् ।

खबर सबै
-
बुटवलको तिनाउ नदि किनारका १५ जनालाई सुरक्षित स्थानमा सारियो
-
भारी वर्षाको पूर्वानुमानपछि लुम्बिनीमा १६ सयभन्दा बढी तालिम प्राप्त सशस्त्र प्रहरी परिचालन
-
बुटवल-पाल्पा सडक पहिरोले अवरुद्ध
-
राष्ट्रसंघमा बालेनको प्रस्ताव : नेपाल, भारत र चीन मिलेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाऔँ
-
कपिलवस्तुमा थपिए ९ जल तथा मौसम मापन केन्द्र, बाढीको पूर्वसूचना प्रणाली बलियो बनाइँदै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह

कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान

प्रतिक्रिया