हिमाल सुरक्षा परिषद नेपालका केन्द्रिय अध्यक्षको हस्ताक्षरसहित प्राप्त विज्ञप्तीमा भनिएको– यो देशको परिस्थिती भ्रष्ट्रचार देशद्रोही र खर्चिलो संघियतालाई ध्यान दिएर सशस्त्र युद्धको घोषणा गर्दछौं भनिएको छ। परिषदले विभिन्न २० बुदे माग समेत राखेको छ । परिषद्ले संघियता खारेज, ५ विकास क्षेत्र कायम गरिनुपर्ने, हिन्दू राष्ट्र कामय गर्नुपर्ने, नागरिकता छानबिन गर्नुपर्ने, भारत–चीन सिमा विवाद समाधान गरिनुपर्ने, स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने, एमसीसी सम्झौता खारेज गरिनुपर्ने लगायतका मागहरु अघि सारेको छ।
यसैबीच झापाको बिर्तामोड र दमकमा बम आतङ्क सिर्जना गरेको हिमाल सुरक्षा परिषद नेपालका ९ जनालाईं प्रहरीले पक्राउ गरिसकेको छ। विज्ञप्तीको विषयमा भने झापा प्रहरीले अनविज्ञता प्रकट गरेको छ। हिमाल सुरक्षा परिषद नेपालले सशस्त्र युद्ध घोषणा गरेको विषयमा कुनै जानकारी प्राप्त नभएको बतायँदै जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक विश्वमणी पोख्रेलले हिमाल सुरक्षा परिषद् नेपाल एउटा आपराधिक समूह भएकाले उनीहरुको खोजी तिब्र बनाइएको जानकारी बताए।
सञ्चारमाध्यमलाई हिमाल सुरक्षा परिषद नेपालको पत्र प्राप्त भएको जानकारी लगत्तै झापामा हिमाल सुरक्षा परिषद्को खोजीलाई अझ सुस्म ढंगले अघि बढाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक गुरुप्रसाद तिम्सिनाले बताए। हिमाल सुरक्षा परिषद्को नाममा चन्दा आतङक सिर्जना गर्ने समूह सक्रिय रहेको र हिमाल सुरक्षा परिषद नेपालका केही शंकास्पद ब्यक्ति प्रहरीको निगरानीमा रहेको बताउँदै केही अझै फरार रहेकाले खोजी तिब्र बनाएको प्रहरी निरीक्षक तिम्सिनाकाे भनाइ छ ।
यसअघि प्रहरीले हिमाल सुरक्षा परिषद नेपालका गौरादह–२ का ३८ वर्षीय सुमनकुमार कार्की, कनकाई–३ का ४१ वर्षीय भीष्म थापा, दमक–९ की ५० वर्षीया देवी बाँस्कोटा गुरागाईं, कनकाई–३ का ५८ वर्षीय कुमार भन्ने यमदत्त सिटौला, शिवसताक्षी–१ का ३२ वर्षीय सरुण लिम्बू भनिने दिलकुमार सामेखाम, संखुवासभा खाँदवारी–१० घर भई मोरङ सुन्दर हरैचा बस्ने २९ वर्षीय मनोमहन दाहाल, गौरीगञ्ज–३ का ३२ वर्षीय आनन्द भनिने अनन्तप्रसाद गिरी, गौरादह–५ का ३३ वर्षीय प्रदीप थापा, गौरीगञ्ज–३ का ४५ वर्षीय विजयकुमार दास हलुवाई लाई पक्राउ गरेर सार्वजानिक गरिसकेको छ ।
– स्रोत : यो समाचार उकेरा डट कमबाट साभार गरिएको हो ।
प्रतिक्रिया