

गायक तथा संगीतकार बप्पी लहरीको निधन



एजेन्सी
बलिउडका चर्चित संगीतकार तथा गायक बप्पी लहरीको निधन भएको छ। लहरीको ६९ वर्षको उमेरमा मुम्बईस्थित क्रिटी केयर अस्पतालमा मंगलबार राती ११ बजे निधन भएको हो।
दुई पटक कोरोना संक्रमण भएर निको भएका उनी लामो समयदेखि अस्वस्थ थिए। चिकित्सकका अनुसार उनी ओएसएका विरामी थिए।
बलिउडमा आफ्नो पचास वर्ष लामो करियरमा ६ सय ५० भन्दा बढि फिल्म तथा सयौं गीति एल्बममा संगीत दिइसकेका बप्पी लहिरी संगीतकारका साथै गायक पनि हुन् ।
उनले सन् १९७०-८० को दशकमा फिल्ममा डिस्को थीमवाला कयौं गीत दिएका थिए।
उनले ‘चलते चलते’, ‘डिस्को डान्सर’ र ‘शराबी’ जस्ता लोकप्रिय गीत बलिउडलाई दिएका छन्।
उनले अन्तिम गीत सन् २०२० मा फिल्म ‘बागी ३ ’का लागि गाएका थिए।
बप्पी लहरीको जन्म सन् १९५२ नोभेन्बर २७ मा पश्चिम बंगालको जलपाईगुडीमा भएको थियो।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया