


छरिएर रहेका माओवादी घटकहरुलाई एकताबद्ध हुन प्रचण्डको आह्वान



२७औँ जनयुद्ध दिवसका अवसरमा शुभकामना सन्देशमार्फत प्रचण्डले परिवर्तनका लागि लडेका शक्तिहरु एक भए वर्तमान परिवर्तनलाई अझै सुदृढ र समृद्ध गर्न सकिने विश्वास व्यक्त गर्नुभएको छ ।
उहाँले माओवादी सशस्त्र युद्धमा सहभागी भएका र माओवादी पहिचान बनेका विभाजित नेता तथा कार्यकर्ता तथा शान्ति र संविधानको बाटोमा सहकार्य गर्दै आएका सम्पूर्ण शक्तिहरुमा जनयुद्धका उपलब्धि एवम् सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र शान्ति सम्झौताका मर्म र भावना अनुसार अगाडि बढ्न विशेष अनुरोध पनि गर्नुभएको छ ।
वक्तव्यमा देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरु प्राप्त परिवर्तनलाई उल्ट्याउन तथा बदनाम गर्न लागिपरेको समेत उल्लेख छ । माओवादीले १० वर्षे सशस्त्र युद्ध सुरु गरेको दिनको सम्झनामा हरेक वर्ष फागुन १ गते जनयुद्ध दिवस मनाउने गरेको छ ।
माओवादीले २०५२ सालमा आजकै दिनदेखि सशस्त्र सङ्घर्ष थालेको थियो । त्यसको १० वर्षपछि शान्ति प्रक्रियामार्फत माओवादी मूलधारको राजनीतिमा आयो । तर यो बीचमा माओवादी विभाजित मात्र भएको छैन, नेतृत्वमा रहेका नेताहरु पनि तितरबितर भएका छन् ।
शान्ति प्रक्रियाबाट गणतन्त्र, सङ्घीयतालगायत राजनीतिक उद्देश्य पूरा भए पनि शान्ति प्रक्रियाले पूर्णता पाएको छैन । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्ति छानबिन आयोगले प्रभावकारी काम गर्न सकेका छैनन् ।
प्रेस वक्तव्य :


खबर सबै
-
बुटवलको तिनाउ नदि किनारका १५ जनालाई सुरक्षित स्थानमा सारियो
-
भारी वर्षाको पूर्वानुमानपछि लुम्बिनीमा १६ सयभन्दा बढी तालिम प्राप्त सशस्त्र प्रहरी परिचालन
-
बुटवल-पाल्पा सडक पहिरोले अवरुद्ध
-
राष्ट्रसंघमा बालेनको प्रस्ताव : नेपाल, भारत र चीन मिलेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाऔँ
-
कपिलवस्तुमा थपिए ९ जल तथा मौसम मापन केन्द्र, बाढीको पूर्वसूचना प्रणाली बलियो बनाइँदै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
राष्ट्रसंघमा बालेनको प्रस्ताव : नेपाल, भारत र चीन मिलेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाऔँ
-
कपिलवस्तुमा थपिए ९ जल तथा मौसम मापन केन्द्र, बाढीको पूर्वसूचना प्रणाली बलियो बनाइँदै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान






प्रतिक्रिया