


कृष्णनगरका नगरप्रमुख शाह कांग्रेस प्रवेश गर्दै



कपिलवस्तु
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाह भोली (शनिवार) नेपाली कांग्रेसमा प्रवेश गर्ने बताउनु भएको छ ।
उनलाई नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अम्बर सिंह पुन, महामन्त्री सुरेन्द्रराज आचार्य, कपिलवस्तु क्षेत्र नं.३ का सासंद अभिषेक प्रताव शाहले स्वागत गर्ने भोलि बहादुरगंज शाह भवनमा कार्यक्रम तय भएको छ । मेयर शाहसंगै वडा अध्यक्षहरु पनि प्रवेश गर्ने तयारी रहेको बुझिएको छ ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्रवाट कृष्णनगर नगरपालिकाको नगरप्रमुख पदमा विजयी हुनुभएका शाहको कांग्रेस प्रवेशलाई जिल्लामा महत्वपूर्ण निकै महत्वका साथ हेरिएको छ । कोभिड- १९ को कारण सामान्य तयारी गरेर पार्टी प्रवेश गराउने कांग्रेसले जनाएको छ ।
कपिलबस्तुको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाह भोली अर्थात् शनिबार नेपाली कांग्रेस पार्टीमा प्रबेश गर्ने सामाजिक संजाल फेसबुकबाट जानकारी दिनुभएको छ ।
उहाँले भन्नुभएको छ की मेरा प्यारा नगरबासी तथा नेपाली कांग्रेस पार्टीका वडा सभापति, नगरसभापति, क्षेत्रिय सभापति,भातृसंगठन, विभिन्न पदमा आसिन पदाधिकारी लगायत सम्पुर्ण क्रियाशील सदस्य ज्युहरुमा मेरो जय नेपाल अभिवादन टक्र्याउदै भोली मिती २०७८÷१०÷२२ गते दिन शनिबार बिहान १० बजे बहादुरगंज आफ्नै आवासमा म रजत प्रताप शाह र मेरा हजारौं समर्थक एवं शुभचिन्तक सहित देशको सबभन्दा ठुलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसमा प्रवेश कार्यक्रम रहेकोले सम्मानित सबैमा उपस्थितको लागि हृदयदेखि निमन्त्रणा गर्दछु ।



खबर सबै
-
बुटवलको तिनाउ नदि किनारका १५ जनालाई सुरक्षित स्थानमा सारियो
-
भारी वर्षाको पूर्वानुमानपछि लुम्बिनीमा १६ सयभन्दा बढी तालिम प्राप्त सशस्त्र प्रहरी परिचालन
-
बुटवल-पाल्पा सडक पहिरोले अवरुद्ध
-
राष्ट्रसंघमा बालेनको प्रस्ताव : नेपाल, भारत र चीन मिलेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाऔँ
-
कपिलवस्तुमा थपिए ९ जल तथा मौसम मापन केन्द्र, बाढीको पूर्वसूचना प्रणाली बलियो बनाइँदै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
राष्ट्रसंघमा बालेनको प्रस्ताव : नेपाल, भारत र चीन मिलेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाऔँ
-
कपिलवस्तुमा थपिए ९ जल तथा मौसम मापन केन्द्र, बाढीको पूर्वसूचना प्रणाली बलियो बनाइँदै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान






प्रतिक्रिया