मेसु ढकालद्वारा आफ्नो सय दिने उपलब्धी सार्वजनिक

बुटवल ।
लुम्बिनी प्रादेशिक अस्पतालका मेसु इन्द्र ढकालले १०० दिनको उपलब्धी सार्वजनिक गरेका छन् । मेसु ढकालले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी आफूले १०० दिनमा गरेका गरेका १९ बुदेँ उपलब्धी सार्वजनिक गरेका हुन् ।
डा. ढकालले असोज २८ गते लुम्बिनी प्रादेशिक अस्पतालको मेसुको रुपमा कार्यभार ग्रहण गरेका थिए । मेसु ढकालले आफ्नो १०० दिनको अवधीमा लामो समयदेखि चिकित्सकीय परामर्श र शल्यक्रियाको लागि कुर्नु पर्ने समस्यालाई निराकरण गरेको दाबी गरेका छन् । २२ वेड रहेको इमरजेन्सी वार्डमा १३ वेड थप गरी ३५ वेडमा विस्तार गरेको बताएका छन् ।
आन्तरिक व्यवस्थापनलाई सुधार गर्दै क्यासलेस डिस्चार्ज काउन्टर, पेपरलेस डिस्चार्ज सिस्टम तथा ईमेरजेन्सी काउन्टरको विस्तार भएको उल्लेख गरेका छन् । कोरोना महामारीको सरल र सहज व्यवस्थापन गर्नका लागि कोरोना सम्बन्धी उपचार एउटै छाना मुनि हुने व्यवस्था गरि कोरोना इमरजेन्सी सेवा विस्तार भएको बताए ।ग्लोबल आवाजबाट । 

प्रतिक्रिया

खबर सबै