

मेस्सीलाई कोरोना सङ्क्रमण

काठमाडौं
लियोनेल मेस्सीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पेरिस सेन्ट जर्मेनले मेस्सी सङ्क्रमित भएको पुष्टि गरेको छ । अर्जेन्टिनी स्टारले अब सोमबार कोप डे फ्रान्समा भानेसविरुद्धको खेल गुमाउने भएका छन् । क्रिसमसमा छुट्टी मनाउन उनी अर्जेन्टिना पुगेका थिए । त्यतिबेला नै उनलाई सङ्क्रमण भएको आशंका गरिएको छ । उनीसँगै टोलीका अन्य तीन सदस्यलाई पनि कोरोना सङ्क्रमण भएको बताइएको छ ।
क्लबका अनुसार मेस्सीसँग जुआन बर्नाट, सर्जियो रिको र नाथा बिटुबमाजालाई पनि सङ्क्रमण पुष्टि भएको छ । सबै खेलाडी आइसोलेसनमा रहेको र उनीहरूले आवश्यक स्वास्थ्य सावधानी अपनाइरहेको बताइएको छ ।
मेस्सीसँगै स्टार खेलाडी नेयमारले पनि आगामी खेल गुमाउनेछन् । उनको खुट्टामा चोट लागेको छ । उनी नोभेम्बर अन्तिमदेखि मैदान बाहिर रहेका छन् र ब्राजिलमा नै स्वास्थ्य लाभ गरिरहेका छन् ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया