

कांग्रेस अधिवेशन : लुम्बिनीमा आज मनोनयन दर्ता हुँदै



कपिलवस्तु ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट सातवटै प्रदेशको प्रथम अधिवेशन उदघाटन गर्नुभएको छ ।
अधिवेशन उदघाटन गर्दै प्रधानमन्त्री देउवाले भर्चुअल माध्यमबाट भए पनि उदघाटनमा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्नुभयो ।
यस्तै
नेपाली कांग्रेसको लुम्बिनी प्रदेश अधिवेशन भैरहवामा शुरू भएको छ । अधिवेशनको कांग्रेसका केन्द्रिय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँणले वीपी कोइरालाको तस्वीरमा माल्यार्पण गरेर उद्घाटन गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका नेताहरू डा।चन्द्र भण्डारी, भरतकुमार शाह, प्रमोद यादव, लुम्बिनी प्रदेशका सांसदहरू, महाधिबेशन, प्रदेश प्रतिनिधि, लुम्बिनी प्रदेश अन्तर्गतका कांग्रेसका निर्वाचित जिल्ला सभापतिहरू, नगर तथा वडा सभापतिहरू, लगायत नेता कार्यकर्ताको सहभागिता रहेको छ ।
उद्घाटनपछि शुक्रबारबाट निर्वाचन प्रक्रिया सुरु हुनेछ। बिहीबार दिउँसोसम्म मतदाता नामावली प्रकाशन, शुक्रबार मनोनयन दर्ता र शनिबार मतदान हुने कार्यतालिका रहेको प्रदेश निर्वाचन अधिृकत डा. बुद्धबहादुर थापाले बताए। प्रदेशभरिका महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधि गरी एक हजार ५८५ ले मतदान गर्नेछन्।
यसैबिच यता नेपाली कांग्रेसको प्रदेश अधिवेशनका लागि लुम्बिनी प्रदेशमा दुई प्यानल तयार भएका छन्। वडास्तरदेखि गाउँनगर, क्षेत्र र जिल्लासम्म दुई समूहका प्यानलै तयार गरेर चुनाबी मैदानमा उत्रिएको कांग्रेसको प्रदेश अधिवेशनमा पनि दुई प्यानल नै भएका छन्। कांग्रेसका दुई समूह पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षका नेताहरूले सभापतिदेखि सदस्यसम्मको प्यानल बनाएका हुन्। अधिवेशन सम्पन्न पार्टीबाट जिम्मा पाएका केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँणले आफै उपस्थित भएर देउवासमूहको प्यानल घोषणा गरेका छन्।
अधिवेशनको उद्घाटन सत्र सकेर रुपन्देहीको भैरहवामा आयोजित पत्रकार सम्मेलनमा खाँणले रुपन्देहीका नेता भरत कुमार शाहलाई सभापतिमा अघि सारेका हुन्। रुपन्देही ५ को क्षेत्रीय निर्वाचनमा खाँण निकटसँग प्रतिस्पर्धी देखिए पनि शाह केन्द्रमा भने देउवा पक्षकै नेता हुन्।
उनले घोषणा गरेको प्यानलबाट २ जना उपसभापति पदका लागि कपिलवस्तुका सुधाकर पाण्डे र दाङका राजु खनालले उम्मेदवारी दिने भएका छन्।
त्यस्तै, महामन्त्रीमा लागि बर्दियाका जन्मजय तिमिल्सिना र प्युठानका खिमानसिंह रायमाझीले उम्मेदवारी दिने उनले बताए। सह–महामन्त्रीमा एक महिलासहित ३ पदको लागि रुपन्देहीकी सरिता चौधरी बाँकेकी माया पुन र बाँकेकै लक्ष्मीनारायण शाहले उम्मेदवारी दिने खाँणले बताए।
पौडेल पक्षले सभापतिमा रोल्पाका अमरसिंह पुनलाई अघि सारेको छ। यस्तै, उपसभापतिमा रुपन्देहीका अष्टभूजा पाठक र भुवन प्रसाद श्रेष्ठ, महामन्त्रीमा नवलपरासी पश्चिमका विक्रम खनाल र कपिलवस्तुका सुरेन्द्रराज आचार्य उम्मेदवार बन्ने छन्।
प्रदेश सहमहामन्त्रीमा दाङका खगराज पाण्डे, अर्घाखाँचीका विष्णु खनाल मुस्कान र महिलातर्फ प्यूठानकी नीमा गिरीलाई अघि सारिएको छ। लुम्बिनी प्रदेशका निर्वाचन सम्पन्न भएका ११ जिल्लाका सभापतिमध्ये ९ वटा पौडेल पक्षले जितेको छ भने २ वटामात्रै देउवापक्षले जितेको छ। पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, कपिलवस्तु, रोल्पा, रुकुम पूर्व, नवलपरासी पश्चिम र दाङमा पौडेल पक्षले सभापति जित्दा रुपन्देही र बर्दियामा मात्रै देउवा पक्षले सभापति जितेको छ।
तुलनात्मक हिसाबले पौडेल पक्ष बलियो देखिएपनि धेरै मतदाता रहेको रुपन्देही र बाँकेका मतदाताको मत निर्णायक हुने आँकलन कांग्रेस नेताहरूको छ। सार्वजनिक लेखा समितिका सभापति समेत रहेका शाहलाई लुम्बिनी प्रदेशको सभापति बनाउनुपर्ने दबाब देउवापक्षमाथि छ। शाहले लुम्बिनी प्रदेश सभापति सर्वसम्मत नपाएमा वा चुनाब हारेमा उनले केन्द्रीय समितिमा दाबी गर्ने भएकाले देउवाका विश्वासपात्र मानिने बालकृष्ण खाँण सर्वसम्मत बनाउने प्रयत्नमा छन्।
मतदानबाट आउने नतिजामा विश्वास गर्न नसकेको देउवा पक्ष शाहलाई जसरी पनि लुम्बिनीमै राख्ने र त्यससँगै महामन्त्रीका लागि आफु सुरक्षित हुने योजनामा छन् खाँण। आफ्नो प्रदेश भएकाले पनि खाँणमाथि आफ्नो विश्वासिलो पात्रलाई नेतृत्वमा ल्याउनुपर्ने दबाब छ। कोईराला परिवारको निकट रहेका रोल्पाका पुन पौडेल, कोईराला र सिटौला पक्षलाई एकसाथ लिएर अघि बढ्ने प्रयत्नमा छन्। पार्टी सिद्धान्त र आदर्शमा प्रतिबद्ध देखिने पुनलाई शहरकेन्द्रित नेता कार्यकर्ताको विश्वास जित्नुपर्ने चुनौती छ। बढी मत शहरी क्षेत्रमा रहेको र देउवा पक्षका खाँणले नै प्रतिस्पर्धी शाहलाई सँगै लिएर हिडेकाले पनि उनीमाथि दुईखालका चुनौती छन्। लुम्बिनी प्रदेश सचिवालयका सदस्य चिरञ्जीवी जोशीका अनुसार तीनदिन हुने प्रदेश अधिवेशनमा १६ गते उद्घाटन, १७ गते उम्मेदवारी दर्ता र १८ तथा १९ गते कार्यसमिति चयन गर्ने कार्यतालिका तय भएको छ। जसअनुसार शुक्रबार बिहान उम्मेदवार मनोनयनको कार्यक्रम छ। प्रदेशभरिका महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधि गरी एकहजार ५८५ जनाले प्रादेशिक अधिवेशनमा मतदान गर्नेछन्। एक लाख ३१ हजार १७१ क्रियाशील सदस्य रहेको लुम्बिनी प्रदेशको अधिवेशनमा ३ हजारभन्दा बढी प्रतिनिधिमूलक सहभागिता रहने कांग्रेसले जनाएको छ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया