

वायु प्रदूषण ‘आपतकालिन’ तह नजिक, बाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह



नयाँ दिल्ली
भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषणको अवस्था ‘आपतकालिन’ तह नजिक पुगेको केन्द्रीय प्रदूषण नियन्त्रण परिषद् (सीपीसीबी)ले चेतावनी दिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार सीपीसीबीले वायु प्रदूषण अत्यन्तै खराब अवस्थामा पुगेको भन्दै सर्वसाधारणलाई बाहिर ननिस्कन आग्रह गरेको छ।
शुक्रबार दिल्लीको एयर क्वालिटी इन्डेक्स ४७१ मा पुगेपछि सीपीसीबीले चेतावनी दिँदै सर्वसाधारणलाई बाहिर ननिस्कन भनेको हो।
शुक्रबार दिल्लीमा वायु प्रदूषण थप खराब हुनुमा फार्महरूमा बालिएको आगो पनि प्रमुख जिम्मेवारमध्ये एक रहेको बताइएको छ। प्रदूषण झन खराब हुँदै गएपछि १८ नोभेम्बरसम्म आपतकालिन व्यवस्थापनका लागि तयार रहन अधिकारीहरूलाई निर्देशन दिइएको छ।
दीपावलीपछि दिल्लीमा वायु प्रदूषणको मात्रा ह्वात्तै बढेको हो। यद्यपि दीपावलीअघि पनि प्रदूषण खराब अवस्थामा पुग्न सक्ने चेतावनी दिइएको थियो।
हाल सुस्त हावाको वहाव भएकाले दिल्लीको प्रदूषण ढिला गरी सफा हुने अधिकारीहरूले बताएका छन्।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया