


वासस्थान गुमाएकालाई ५० हजार रुपैयाँ दिने सरकारको निर्णय



काठमाण्डाै
सरकारले गएकाे तीन दिनयता अविरल वर्षाका कारण वासस्थान भत्किएर बिचल्ली भएकाहरूलाई प्रति घर ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।
आज बुधवार सिंहदरबारमा बसेको विपद् व्यवस्थापन प्राधिकरणकाे बैठकमा वासस्थान भत्किएर बिचल्ली भएकाहरूलाई प्रति घर ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो । बैठकपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. अनिल पोखरेलले बुधवार मध्याह्नसम्म ५२ जनाको बाढी तथा पहिरोमा परेर ज्यान गएकाे बताउँदै तत्काल राहतका लागि सरकार लागिपर्ने बताउनुभयो ।
उहाँले बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले गएको तीन दिनमा नेपालले भोग्नुपरेको घटना दुःखद भएको बताउँदै सबै सरोकारवाला निकायहरूलाई तत्काल राहत र उद्धारमा खटिन निर्देशन दिनुभएको बताउनुभयो । प्रधानमन्त्री देउवाले बाढी, पहिरोले क्षति पुर्याएकाे ठाउँमा आफैँ जाने बताउनुभएको कार्यकारी प्रमुख पोखरेलले बताउनुभयो ।
बैठकमा तत्काल घटना भएका ठाउँमा विभिन्न टाेली बनाएर तत्काल बास र गाँसको व्यवस्था मिलाउने र क्षतिको विवरण निकालेलगत्तै राहत र उद्धार तथा पुनर्निर्माणका लागि खटिने बताउनुभयो । उहाँले बाढी पहिरोमा जनधनको ठूलो क्षति भएको बताउँदै किसानहरूलाई तत्काल राहतको व्यवस्था गरिने बताउनुभयो ।
कार्यकारी प्रमुख पोखरेलले पीडितको उद्धारका लागि अझै पनि पर्याप्त स्राेत, साधन नभएकाले धेरै क्षति भएको बताउनुभयो ।


खबर सबै
-
बुटवलको तिनाउ नदि किनारका १५ जनालाई सुरक्षित स्थानमा सारियो
-
भारी वर्षाको पूर्वानुमानपछि लुम्बिनीमा १६ सयभन्दा बढी तालिम प्राप्त सशस्त्र प्रहरी परिचालन
-
बुटवल-पाल्पा सडक पहिरोले अवरुद्ध
-
राष्ट्रसंघमा बालेनको प्रस्ताव : नेपाल, भारत र चीन मिलेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाऔँ
-
कपिलवस्तुमा थपिए ९ जल तथा मौसम मापन केन्द्र, बाढीको पूर्वसूचना प्रणाली बलियो बनाइँदै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
राष्ट्रसंघमा बालेनको प्रस्ताव : नेपाल, भारत र चीन मिलेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाऔँ
-
कपिलवस्तुमा थपिए ९ जल तथा मौसम मापन केन्द्र, बाढीको पूर्वसूचना प्रणाली बलियो बनाइँदै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान






प्रतिक्रिया