

गुल्मीमा बाढीले बगायो यात्रुबाहक जीप



बुटवल ।
गुल्मीमा लेतेखोलामा सोमवार दिउँसो आएको बाढीले यात्रुबाहक जीप बगाएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख गोपालचन्द्र भट्टराईका अनुसार अविरल वर्षासँगै आएको बाढीले गुल्मीको सत्यवती गाउँपलिका खैरेनी रुद्रबेणी सडकखण्डको उल्लीखोला नजिकैको लेतेखोलाले खोलाले जीप बगाएको हो ।
बुटवलबाट गुल्मीको भुवाचिदीका लागि छुटेको लु१ज ३४३२ नम्बर बोलेरो जीप बाढी बगाए पनि मानवीय क्षति भने हुन पाएन । जीपमा चालकसहित ९ जना यात्रु सवार रहेको बताइएको छ ।
‘जीप खोला नजिक दलदलमा फसेको तथा यात्रु र चालक गाडीबाट उद्धार गरिसकेपछि माथिबाट आएको लेदो सहितको पानीले जीप बगाएको हो,’ भट्टराईले भने ।
जीपमा सवार सबै यात्रु सुरक्षित रहे पनि सबै सामानहरू गाडीसँगै बगेका छन् । आइतवारदेखि जारी वर्षाका कारण नदी र खोलामा पानीको बहाव बढेको छ ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया