

गुल्मीमा बाढीले बगायो यात्रुबाहक जीप


बुटवल ।
गुल्मीमा लेतेखोलामा सोमवार दिउँसो आएको बाढीले यात्रुबाहक जीप बगाएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख गोपालचन्द्र भट्टराईका अनुसार अविरल वर्षासँगै आएको बाढीले गुल्मीको सत्यवती गाउँपलिका खैरेनी रुद्रबेणी सडकखण्डको उल्लीखोला नजिकैको लेतेखोलाले खोलाले जीप बगाएको हो ।
बुटवलबाट गुल्मीको भुवाचिदीका लागि छुटेको लु१ज ३४३२ नम्बर बोलेरो जीप बाढी बगाए पनि मानवीय क्षति भने हुन पाएन । जीपमा चालकसहित ९ जना यात्रु सवार रहेको बताइएको छ ।
‘जीप खोला नजिक दलदलमा फसेको तथा यात्रु र चालक गाडीबाट उद्धार गरिसकेपछि माथिबाट आएको लेदो सहितको पानीले जीप बगाएको हो,’ भट्टराईले भने ।
जीपमा सवार सबै यात्रु सुरक्षित रहे पनि सबै सामानहरू गाडीसँगै बगेका छन् । आइतवारदेखि जारी वर्षाका कारण नदी र खोलामा पानीको बहाव बढेको छ ।


खबर सबै
-
पाल्पामा टिप्पर दुर्घटनामा चालकको मृत्यु
-
चार लाख भारतीय रकमसहित पक्राउ
-
दाङ : जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
दाङ : निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
आज वीपी कोइरालाको ४५औँ स्मृति दिवस : कांग्रेसका दुई समूहबाट छुट्टाछुट्टै कार्यक्रम
-
भैरहवा भन्सारले लक्ष्यको ९२ प्रतिशत राजस्व संकलन, असुलीमा १०.३३ प्रतिशत वृद्धि






प्रतिक्रिया