

श्रीलङ्काले इन्धन खरिद गर्न भारतसँग माग्याे ५०० मिलियन डलर ऋण

काठमाण्डाै
श्रीलङ्काले गम्भीर विदेशी मुद्रा सङ्कटका बीच कच्चा तेल खरिदको लागि तिर्न भारतसँग ५०० मिलियन अमेरिकी डलरको ऋण मागेको छ ।
श्रीलङ्काका ऊर्जा मन्त्री उदय गम्मनपिलाले देशमा इन्धनको वर्तमान उपलब्धताको ग्यारेन्टी आउँदो जनवरीसम्म मात्रै दिन सकिने चेतावनी दिएको केही दिनपछि यो कदम आएको हो ।
भारत, पाकिस्तानमा जस्तै श्रीलङ्कामा पनि पेट्रोल र डिजलको मूल्य अस्वाभाविक रूपमा बढाइएको छ । यद्यपि पेट्रोल र डिजलमा मूल्य वृद्धि लगातार जारी छ र करको मारका कारण इन्धनको मूल्य बढिरहेको छ ।
श्रीलङ्का सरकारद्वारा सञ्चालित सिलोन पेट्रोलियम कर्पाेरेशन (सीपीसी) ले प्रमुख सरकारी बैंक– बैंक अफ सिलोन र पिपुल्स बैंकलाई तीन दशमलव तीन बिलियन अमेरिकी डलर तिर्न बाँकी छ ।
राज्यका तेल वितरकहरू मध्य–पूर्वमा देशहरूबाट कच्चा तेल र सिङ्गापुरलगायत अन्य क्षेत्रहरूबाट परिष्कृत उत्पादनहरू आयात गर्दछन् ।
विश्वव्यापी रूपमा तेलको मूल्य बढ्दा श्रीलङ्का यस वर्ष तेल आयातमा धेरै खर्च गर्न बाध्य भएको छ । गएको वर्षको तुलनामा यस वर्षको पहिलो सात महिनामा श्रीलङ्काले तेल खरिदमा खर्चिएको रकम ४१ दशमलव ५ प्रतिशतले बढेर दुई बिलियन डलर पुगेको छ ।


खबर सबै
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
श्रृङ्गिघाट सामुदायिक वनको प्रभावकारी कदम, वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट
-
लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट
-
लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा
-
ब्राइट लुम्बिनीको १३औँ स्थापना दिवस : ‘प्रथम ब्राइट डान्स आइडल’ बने विजय घर्ती
-
ब्राइट लुम्बिनीको १३औं वार्षिकोत्सव सम्पन्न, प्रथम “ब्राइट डान्स आइडल” को उपाधि घर्तीलाई
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार







प्रतिक्रिया