

बेलायतमा एक सांसदको हत्या, हत्या आरोपमा एक जना पक्राउ



काठमाण्डाै
बेलायतमा एक सांसदको हत्या भएको छ । आफ्नो निर्वाचन क्षेत्र एसेक्समा गएका बेला कन्जरभेटिभ पार्टीका सांसद सर डेबिड एमेसमाथि चक्कु आक्रमण भएको हो ।
ली अन सी मा रहेको चर्चमा उहाँमाथि चक्कु आक्रमण भएको हो । हत्या अभियोगमा २५ वर्षका व्यक्तिलाई पक्राउ गरिएको बीबीसीले उल्लेख गरेको छ । प्रहरीले आक्रमणमा प्रयोग भएको चक्कु बरामद गरेको छ । प्रहरीले यो घटनालाई आतंकवादी हमला भनेको छ । यो घटना इस्लामिक विद्रोही समूहसँग जोडिएको आशंका गरिएको बीबीसीले जनाएको छ ।
डेबिड पछि गृह मन्त्री प्रिती पटेलले सुरक्षा व्यवस्थाको तुरुन्त समीक्षा गर्न आदेश दिनुभएको छ । साथै उहाँले यो एक संवेदनशील हमला भएकोसमेत बताउनुभएको छ । घटनाको प्रधानमन्त्री बोरिस जोन्सनले पनि भर्त्सना गर्नु भएको छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया