

आउँदो विश्वकपका लागि छनौट हुने पहिलो टिम बन्यो जर्मनी

काठमाण्डौँ
आउँदो वर्ष कतारमा हुने विश्वकपमा स्थान बनाउने जर्मनी आयोजक बाहेकको पहिलो टिम बनेको छ ।
युरोपियन क्षेत्रको छनौट अन्तर्गत सोमबार राति भएको खेलमा जर्मनीले उत्तरी मेसेडोनियालाई ४–० ले पराजित गरेको हो । समूह जे मा रहेको जर्मनी यो जितसँगै ८ खेलबाट २१ अंकसहित विश्वकपका लागि छनौट भएको हो ।
जर्मनीका लागि ५० औँ मिनेटमा काई हाभर्ट्ज, ७० र ७३ औँ मिनेटमा टिमो वेर्नर तथा ८३ औँ मिनेटमा जमाल मुसिएलाले गोल गरेका हुन् । दुई खेल बाँकी हुँदै जर्मनीले विश्वकपमा स्थान बनाएको हो ।
चारपटकको विश्वविजेता जर्मनी २० औँ पटक विश्वकपमा स्थान बनाउन सफल भएको हो । ब्राजिलले अहिलेसम्म २१ पटक विश्वकप खेलिसकेको छ । आउँदो महिना जर्मनीले लिचेस्टाइन र अर्मेनियासँग प्रतिस्पर्धा गर्ने छ ।
समूहको दोस्रो स्थानमा रहेको रोमानियाको ८ खेलबाट १३ अंक छ । सोमबार राति भएको खेलमा रोमानियाले अर्मेनियालाई १–० ले पराजित गरेको हो । अर्को खेलमा आइसल्याण्डले लिचेस्टाइनलाई ४–० ले पराजित गरेको छ ।
युरोपियन क्षेत्रको छनौट चरण अन्तर्गत सोमबार राति भएका अरु खेलमा चेक गणतन्त्रले बेलारुसलाई २–०, वेल्सले इस्टोनियालाई १–०, टर्कीले लात्भियालाई २–१, नदेरल्याण्ड्सले जिब्रालटारलाई ६–०, नर्वेले मोन्टेनेग्रोलाई २–० तथा रुसले स्लोभेनियालाई २–१ ले पराजित गर्दा क्रोएसिया र स्लोभाकिया तथा साइप्रस र माल्टाले समान २–२ को बराबरी खेलेका छन् ।


खबर सबै
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
श्रृङ्गिघाट सामुदायिक वनको प्रभावकारी कदम, वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट
-
लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट
-
लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा
-
ब्राइट लुम्बिनीको १३औँ स्थापना दिवस : ‘प्रथम ब्राइट डान्स आइडल’ बने विजय घर्ती
-
ब्राइट लुम्बिनीको १३औं वार्षिकोत्सव सम्पन्न, प्रथम “ब्राइट डान्स आइडल” को उपाधि घर्तीलाई
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार







प्रतिक्रिया