

प्रदेशवासीको जीवनलाई समृद्धि बनाउन उद्योग क्षेत्रको महत्त्वपूर्ण योगदान छ : मुख्यमन्त्री केसी


बुटवल । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसी ले लुम्बिनी प्रदेश र प्रदेशवासीको जीवनलाई समृद्धि बनाउनको लागि उद्योग क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको बताएका छन् । उनले प्रदेश सरकारले उद्योग मैत्री नीति निर्माण गरी प्रदेश समृद्धिको यात्रालाई अगाडि बढाउने बताए ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खानी र सिमेन्ट उद्योग सञ्चालकका बीचमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले प्रदेश सरकारसँग हातेमालो गरी समृद्धि प्रदेश निर्माणका लागि दत्त चित्त भएर लाग्नका लागि अनुरोध गरे । उनले खानी एक स्थानमा र उद्योग अर्को स्थानमा भएकाले गर्दा लागत रकम धेरै लागेको हुने भएकाले गर्दा त्यसलाई सकेसम्म न्यूनीकरण गर्नुपर्ने र वातावरणीय क्षतिलाई पनि ध्यान दिनुपर्ने बताए ।
मुख्यमन्त्री केसीले आर्थिक वर्षमा उद्योग तथा आपूर्ति मन्त्रालयबाट ५ अरब राजश्व जसरी भए पनि सङ्कलन गर्नुपर्ने बताउँदै त्यसका लागि उद्योगमैत्री ऐन निर्माण गर्न सकिने बताए । उद्योगहरू मर्ज गरी एकीकृत योजना बनाएर अगाडि बढ्नु पर्ने बताउँदै साना उद्योगभन्दा पनि ठुला उद्योग सञ्चालन गर्नुपर्ने अहिलेको माग रहेको बताए ।
यस्तै कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाहीले प्रदेशको विकास समृद्धिका लागि अगाडि बढ्नका लागि सबैलाई अनुरोध गरे । उनले संविधानको परिपालन गरी अगाडि बढाउन प्रदेश सरकार तयार रहेको बताए । यस्तै कार्यक्रममा प्रदेश प्रमुख सचिव डिल्लीराम शर्माले उद्योगहरूलाई लगानीको वातावरण प्रदेश सरकारबाट गरिने त्यसका लागि प्रदेशका सरकारको तर्फबाट सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।


खबर सबै
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित
-
कपिलवस्तुमा तिन छठ्ठी पर्व मनाइँदै






प्रतिक्रिया