

सप्तर्षिहरूको पूजा गरी ऋषिपञ्चमी पर्व मनाइयो



कपिलवस्तु ।
हरितालिका तीज पर्व अन्तरत आज ऋषिपञ्चमी, हरेक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन अरुधन्तीसहित सप्तर्षिहरुको पूजा आराधना गरी मनाइने ऋषिपञ्चमी कपिलवस्तु सहित देशभर मनाइएको छ ।
कपिलवस्तुको बाणगंगा नदी सहितका विभिन्न नदी तथा पोखरी र जलाशयहरुमा एका बिहानै स्नान गरी धार्मिक विधिहनुसार मठमन्दिर तथा अनुष्ठानहरुमा भेला भई हिन्दु महिलाहरुले ऋषिपञ्चमी पर्व मनाएका छन् ।
आजका दिन कश्पय, अत्रि, भारद्वाज, विश्वमित्र, गौतम,जमदग्नी, वशिष्ठ र अरुधन्तीको पूजा गरेर वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बी महिलाहरुले व्रत बस्ने गर्दछन्।
बिहानै उठेर नदी, तलाउ, पोखरी, कुवा वा धारोमा गइ स्नान गरी शुद्ध हुँदै स्नानका बेला ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाएर स्नान गर्ने धार्मिक विधि अनुसार ऋषिपञ्चमी पूजा गरीएको बाणगंगा नगरपालिका वडा नमबर ६ सुठौलीका महिलहरुले बताए ।
आजको दिन सप्तऋषिहरुको पूजा गर्नाले रजस्वला भएको बेला छोएइको त्रुटिसहित आफ्ना कुकर्महरुबाट मुक्ति मिल्ने धार्मिक विश्वास रहेको छ। सप्त ऋषिहरुको पूजा गर्ने दिन भएकोले आजको दिनलाई ऋषिपञ्चमी पनि भन्ने गरीएको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया