
लुम्बिनी प्रदेश : प्रदेशसभा बैठकमा एमालेको अवरोध कायमै

दुईजना सांसदलाई पदमुक्त गर्नुपर्ने माग गर्दै नेकपा एमालेले लुम्बिनी प्रदेशसभाको बैठक आज लगातार दोश्रो पटक अवरुद्ध गरेको छ ।
आज बैठक शुरु हुनासाथ नेकपा एमालेका सांसदले रोष्टम घेराउ गर्दै नारा लगाएका थिए । सूर्य चुनाव चिन्ह लिएर चुनाव जितेका स्वतन्त्र राजनीतिक समूहका अजय शाही र उपचुनावमा नेकपाबाट चुनाव जितेकी विमलाकुमारी खत्रीलाई पदमुक्त गरेको सूचना पढ्नुपर्ने माग गर्दै एमालेले संसद अवरोध गरेको हो ।
एमालेले यी सांसदलाई कारवाही गरेको पत्र संसद सचिवालयमा बुझाइसकेको छ । सभामूखले प्रदेश सभामा सांसद पदमुक्त भएको पत्र नपढेसम्म सदन चल्न नदिने एमालेको अडान छ ।
सभामूख पूर्णबहादुर घर्तिले २ सांसदको कारबाही प्रक्रिया अरुभन्दा फरक रहेकाले यसबारेमा सचिवालयले अध्ययन गर्ने र १५ दिनभित्र निष्कर्षमा पुग्ने बताउनुभएको छ ।
शाहीले आफु स्वतन्त्र सांसद भएकोले एमालेको ह्विप नलाग्ने बताउँदै आउनुभएको छ । खत्रिले भने आफु नेकपाबाट निर्वाचित भएकाले अदालतको आदेश अनुसार नै माओवादी केन्द्र रोजेको तर्क गर्नुभएको छ ।
विपक्षीले अवरोध गरेपछि स्थगित बैठक भोलि दिउँसो १ बजेका लागि पुनः बोलाइएको छ ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया