

गुल्मीमा निषेधाज्ञा असार २२ सम्म थपियाे, सवारीसाधन चलाउन नपाईने



गोकर्ण पाण्डे /गुल्मी। जिल्ला कोभिड संकट व्यवस्थापन समितिले गुल्मीमा जारी निषेधाज्ञालाई आगामि असार २२ गते राती १२ बजे सम्म लम्बाउने निर्णय भएको छ। समितिको बैठकले जिल्लामा कोभिडको संक्रमण दर तीव्र रुपमा बढ्दै गइरहेको भन्दै त्यसलाई निरन्तरता दिने निर्णय गरेको प्रशासनले जनाएकाे छ।
यसपटकको लकडाउनलाई परिमार्जन समेत गरिएको छ। निषेधाज्ञा समय अबधि व्युटिपार्लर र सैलुन बहेकका सम्पूर्ण पसल बिहान ७ बजे देखि दिउँसो १ बजे सम्म खेल्न पाइने भएको छ।त्यस्तै जिल्ला भित्र निर्माण सामाग्री बाेक्ने जिप,टिपर,ट्याक्टर र पुस्तक तथा कृषि जन्य पदार्थ सुरक्षा सामधानी अपनाएर चल्न पाउने भएका छन्। बैक तथा सहकारी सस्था बिमा कम्पनी बिहान १० बजे देखि ३ बजे सम्म कार्यालय बाट मात्र सेवा दिने गरि सुरक्षा साबधानी अपनाएर खेल्न पाउने भएका छन्।
जिल्ला बाहिरबाट निर्माण,पुस्तक,कृषि जन्य पदार्थ तथा खाध्यान्न ढुवानी गर्दा सम्बन्धित जिल्लाका नियम प्रबन्ध मिलाएर सञ्चालन गर्ने। यस्तै अत्यावश्यक सेवाका कार्यालय र सवारीसाधनहरु संचालन हुनेछन् । सार्वजनिक यातायात भने बन्द रहने छन्।निषेधाज्ञाको कसैले अबज्ञा गरे संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८अन्तरगत कारवाही गर्ने प्रशासनले चेतावनी समेत दिएको छ । यस अघि थप गरिएको निषेधाज्ञाकाे समय आज राति १२ बजे सकिदै छ। हाल गुल्मीमा काेराेना सकृय संक्रमितकाे संख्या ३१९ पुगेको छ।भने दोस्रो काेराेना लहर का कारण गुल्मीमा ९० जना ले ज्यान गुमाएका छन्।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया