

जेनेभामा बाइडेन र पुटिनबीच भेट



काठमाण्डाै
अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ । स्विट्जरल्यान्डको राजधानी जेनेभामा रहेको एक होटलमा केही बेरअघि उहाँहरूबीच भेट भएको बीबीसीले जनाएको छ ।
तिक्ततापूर्ण सम्बन्ध रहेका दुई शक्ति राष्ट्रका प्रमुखबीच भइरहेको भेटलाई धेरैले अर्थपूर्ण रूपमा हेरेका छन् । गएको चार महिनादेखि दुवै नेताले एक–अर्काविरुद्ध व्यङ्ग्य र धम्कीपूर्ण भाषा प्रयोग गर्दै आएका थिए ।
राष्ट्रपति बाइडेनले अमेरिकी चासोका क्षेत्रमा रुसी संरक्षण प्राप्त ह्याकरहरूलाई साइबर आक्रमण गर्न रुसी राष्ट्रपतिले उक्साएको आरोप लगाउनुभएको छ । साथै उहाँले रसियाका अग्रणी विपक्षी नेतालाई अलोकतान्त्रिक विधिबाट जेलमा राखेको तथा अमेरिकी राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको बताउनुभएको छ ।
तर रुसी राष्ट्रपति पुटिनले अमेरिकी आरोपहरूको खण्डन गरिरहनुभएको छ । दुई राष्ट्रपतिबीच केहीबेर कुराकानी भएपछि दुवै देशका विदेश मन्त्रीसहित वार्ता हुने र त्यसपछि दुवै देशका अरू प्रतिनिधिसहित कुराकानी हुने बीबीसीले जनाएको छ ।
राष्ट्रपति बाइडेनले यो भेटवार्ता दुवै देशबीच सम्बन्ध सामान्यीकरणमा एउटा महत्त्वपूर्ण कदम हुने बताउनुभएको छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया