

लमजुङमा खोलाले १५ घर बगायो, गोरखामा चार घर बगायो



ईसाझाकुरा
लमजुङको दोर्दी गाउँपालिकाको दोर्दी खोलामा आएको बाढीले हिलेबजारका १५ घर बगाएको छ ।
बाढीले बजारका ४ वटा बिजुलीको हाइटेन्सन खम्बा पनि ढालेको छ । जसका कारण विद्युत र फोन सम्पर्क पनि अवरुद्ध भएको वडाध्यक्ष तुलबहादुर घलेले जानकारी दिए ।
‘हाइटेन्सन पोल ढालेको छ । अरु पोल कति ढले-ढले नकुरा गरम्,’ उनले भने, ‘हाम्रो वडा लथालिङ्ग भयो । पानी परेको पर्यै छ । रमिता हेर्नुबाहेक उपाय छैन ।’
बाढीका कारण स्थानीय आमा समूहको घर, फुटबल मैदानलगायत सबै बगाएको वडाध्यक्ष घलेले बताए । ‘अरु ३, ४ वटा घर पनि पक्की घरका पनि पिलर निकाल्न सुरु गरिसकेको छ । क्षति त कति पुग्यो, पुग्यो,’ उनले भने ।
बाढीले दोर्दी खोलामाथि बनेको झोलुङ्गे पुलमा पनि क्षति पुर्याएकाले आवतजावत नै बन्द भएको उनले जानकारी दिए । हाइटेन्सन लाइन ढलेर पुलमा क्षति पुर्याएको उनले बताए । ‘बजार खोलाभन्दा धेरै माथि थियो, कसरी बढ्यो थाहै भएन,’ उनले भने ।
बाढी पीडितलाई बजार माथिको स्कुल तथा आफन्तको घरमा स्थानान्तरण गरिएको वडाध्यक्ष घलेले जानकारी दिए । उनले भने, ‘पुल पनि धरापमा छ । सबै मान्छेहरु एउटै ठाउँमा कोचाकोच भएर बस्नु भाछ । बिजोग भयो हामी ।’
राहत तथा उद्दारका लागि जिल्ला प्रशासनलाई खबर गरिसकेको तर, गाउँ छिर्ने बाटो सबै पहिरोले क्षति भएकाले कठिनाइ भएको वडाध्यक्ष घलेले बताए । ‘सबै बाटो पहिरोले खायो। हामी त सम्पर्कविहीन हुने अवस्था आइसक्यो,’ उनले भने, ‘सदरमुकामबाट बाटो आउन सक्ने स्थिति छैन । गाडीहरु पनि आउन सक्दैनन् ।’
गोरखामा चार घर बगायो
लगातार तीन दिनदेखि परेको वर्षाका कारण गोरखाको चुमनुब्री गाउँपालिका-३, सल्लेरीमा चारवटा घर बाढीले बगाएको छ। गएराति बूढीगण्डकी नदीमा आएको बाढीले घर बगाएपछि त्यहाँका स्थानीयहरूले भीरपाखामा बसेर रात काटेका छन्।
प्राप्त जानकारीअनुसार बूढीगण्डकी नदी बस्तीमा पस्दा स्थानीयवासी सुन्दर गुरुङ, सूर्यबहादुर गुरुङ, राम गुरुङ र लक्ष्मण गुरुङको घर बगाएको हो। सल्लेरीमा २७ घरधुरी छ।
गएराति बूढीगण्डकी नदीमा आएको बाढीले सल्लेरीमा तीन घर बगाएको र आधा दर्जनभन्दा बढी घर उच्च जोखिममा रहेको गोरखाका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन्।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया