वाणगंगा ९ मा वाणगंगा नगरपालिकाको फोहोर व्यवस्थापन हुने

कपिलवस्तु

कपिलवस्तु जिल्लाको बाणगंगामा नगरपालिकाको मुख्य समस्याको रुपमा रहेको फोहोर ब्यवस्थापनको समस्या समाधान हुने भएको छ ।

नगरपालिकाले वडा न ९ मा डम्पीङ साइड निर्माणको तयारी गरेको नगरले जनाएको छ ।
नमुना सामुदायिक बन क्षेत्रभित्र डम्पीङ साइड बनाउने तयारी भएको बाणगंगा नगरपालिकाका मेयर मगंल प्रसाद थारुले बताए ।
फोहोरलाई फोहोर नभएर मोहोर बनाउने योजनालाई पनि अगाडी बढाइने बताउदै तत्काल बाकी प्रक्रिया पुरा गरेर फोहोर ब्यवस्थापन गर्ने तयारी भएको मेयरको भनाई रहेको छ ।

फोहार ब्यवस्थापनका लागी वडा नः ९ को पहलमा नमुना सामुदायिक बन क्षेत्रभित्र तोकिएको र अन्य सबै ब्यवस्थापनका जिम्मा नगरपालिकाले गर्ने वडा नः ९ का वडाध्यक्ष धुर्व बेल्बासेले बताएका छन् ।

फोहोर ब्यवस्थापनका अन्य सबै कामका लागी नगरपालिकाले तयारी गरि रहेको बताउदै यस कार्यले स्वच्छ नगर निमार्णमा टेवा पुग्ने बाणगंगाका प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालले बताए ।

प्रतिक्रिया

खबर सबै