

आईसीसी विश्व कप लिग–२ : नेपाल, स्कटल्यान्ड र नामिबियाबीचकाे शृङ्खला स्पेनमा हुने


काठमाण्डाै
आईसीसी विश्व कप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको शृङ्खला स्पेनमा हुने भएको छ । नेपाल क्रिकेट सङ्घ क्यानका सचिव अशोकनाथ प्याकुरेलले शृङ्खला स्पेनमा हुने भएको र यसको मिति केही दिनमै आईसीसीले टुङ्गो लगाउने जानकारी दिनुभयो ।
‘भिसा, क्वरेण्टीन लगायत मिलाउनुपर्ने कुरा धेरै छन्, सबै कुराको टुङ्गो केही दिनभित्रै हुन्छ, हामीले पनि तयारी गरिरहेका छौँ’, प्याकुरेलले उज्यालोसँग भन्नुभयो ।
त्रिदेशीय प्रतियोगिता जुलाईको दोस्रो हप्तातिर हुने सम्भावना छ । स्कटल्यान्डमा हुने तालिका रहेको विश्वकप लिग–२ कोरोनाको महामारीपछि लगाइएको यात्रा प्रतिबन्धका कारण प्रभावित भएको थियो । लिग अन्तर्गत नेपाल, ओमान, अमेरिका, नामिबिया, स्कटल्यान्ड, पपुवा न्युगिनी र युएईले नौ वटा शृङ्खला खेल्ने तालिका थियो । तर नेपालले जम्मा एउटा मात्रै श्रृङ्खला खेलेको छ ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया