

गुल्मीमा कोरोनाका संक्रमितको संख्या बढ्दै, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उद्घाटन गरेको प्रयोगशाला नै बन्द




गुल्मी
पछिल्लो समयमा गुल्मीमा पनि दिन प्रती दिन कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। अहिले गुल्मी जिल्लामा संक्रमितको संख्या ७६ पुगेको छ ।
भने ४ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । तर गत असोज १ गते नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उद्घाटन गरेको गुल्मीमै रहेको कोरोना परीक्षण प्रयोगशाला बन्द भएको छ ।
गुल्मीका स्थानीय तहहरुको सहयोगमा रेसुंगा नगरपालिकाको संयोजनमा संचालनमा आएको प्रयोगशाला बजेट अभाबका कारण बन्द भएको हो ।
परीक्षण प्रयोगशालामा काम गर्ने १० जना कर्मचारीहरुले पाँच महिनाको तलब नपाइ रित्तो हात घर फर्किएका हुन् । तर यहाँका सरोकारवालाहरुले भने उनीहरुको पारिश्रमिक दिनका लागि र कारोना परीक्षण प्रयोगशाला संचालनमा ल्याउनका लागि चासो दिएको पाइदैन् ।
गुल्मीमै कोरोना परीक्षण प्रयोगशाला भएपनि अब परीक्षणका लागि स्वाव परीक्षणका लागि रुपन्देही पठाउनुपर्ने भएको छ । यहाँको परीक्षण प्रयोगशाला तत्काल संचालनमा आउने संभावना भने कम देखिएको छ ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया