

गुल्मीमा कोरोनाका संक्रमितको संख्या बढ्दै, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उद्घाटन गरेको प्रयोगशाला नै बन्द




गुल्मी
पछिल्लो समयमा गुल्मीमा पनि दिन प्रती दिन कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। अहिले गुल्मी जिल्लामा संक्रमितको संख्या ७६ पुगेको छ ।
भने ४ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । तर गत असोज १ गते नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उद्घाटन गरेको गुल्मीमै रहेको कोरोना परीक्षण प्रयोगशाला बन्द भएको छ ।
गुल्मीका स्थानीय तहहरुको सहयोगमा रेसुंगा नगरपालिकाको संयोजनमा संचालनमा आएको प्रयोगशाला बजेट अभाबका कारण बन्द भएको हो ।
परीक्षण प्रयोगशालामा काम गर्ने १० जना कर्मचारीहरुले पाँच महिनाको तलब नपाइ रित्तो हात घर फर्किएका हुन् । तर यहाँका सरोकारवालाहरुले भने उनीहरुको पारिश्रमिक दिनका लागि र कारोना परीक्षण प्रयोगशाला संचालनमा ल्याउनका लागि चासो दिएको पाइदैन् ।
गुल्मीमै कोरोना परीक्षण प्रयोगशाला भएपनि अब परीक्षणका लागि स्वाव परीक्षणका लागि रुपन्देही पठाउनुपर्ने भएको छ । यहाँको परीक्षण प्रयोगशाला तत्काल संचालनमा आउने संभावना भने कम देखिएको छ ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया