
सरकारले सच्यायो कोरोनाबाट मृत्यु हुनेको तथ्यांक

काठमाडौं
सरकारले कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट मृत्यु हुनेको संख्या सच्याएको छ । मृत्यु हुनेको संख्यामा बुधबार एकै दिन ६१९ जना थप गरिएको छ ।
कोभिड १९ महामारीको व्यवस्थापन गरिरहेका अन्य निकायहरुको तथ्यांकको आधारमा अद्यावधिक गर्दा स्वास्थ्य मन्त्रालयको तथ्यांकमा भन्दा थप ६१९ जनाको मृत्यु भएको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यसअघि सरकारले कोरोनाबाट मृत्यु हुनेको वास्तविक तथ्यांक लुकाएको आरोप लाग्दै आएको थियो । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ६८४ पुगेको छ । बुधबार भने कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ ।
थप ९४ जनामा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा थप ९४ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा ३ हजार ६९२ जनाको नमुना परीक्षण गर्दा ३६ जना महिला र ५८ जना पुरुष गरी कुल ९४ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमित संख्या २ लाख ७३ हजार ७६० जना पुगेको छ । उनीहरु मध्ये २ लाख ७० हजार १३९ जना संक्रमणमुक्त भएका छन् भने कुल २६८४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया