

भारतमा पहिलो पटक महिलालाई मृत्युदण्ड दिने तयारी, कारण के त ?




नयाँ दिल्ली
भारतको उत्तर प्रदेश राज्यस्थित मथुरा जेलमा फाँसी घर मर्मत गर्न थालिएको छ । स्रोतका अनुसार मृत्युदण्डको सजाय पाएकी एक महिलालाई उक्त जेलमा फाँसी दिने तयारी भएको हो । यद्यपि जेल प्रशासनले भने ती महिलालाई मृत्युदण्ड दिन लागिएको हो भनेर प्रस्ट रुपमा भनिसकेको छैन । तर मथुरा जेलमा महिलालाई फाँसी दिने व्यवस्था छ ।
शबनम नाम गरेकी एक महिलाले मृत्युदण्डको सजाय पाएकी छन् । राष्ट्रपतिले शबनमको क्षमा याचनालाई अस्वीकार गरेका कारण उनलाई अदालतको आदेश अनुसार मृत्युदण्ड दिने बाटो खुलेको छ । त्यसैले मथुरा जेलमा फाँसी घर मर्मत भएको विषयलाई शबनमसँगै जोडेर हेर्न थालिएको हो ।
जेल स्रोतका अनुसार अमरोहा निवासी शबनमले आफ्नो प्रेमी सलीमसँग मिलेर १५ अप्रिल २००८ मा आफ्नै आमा, बुवासहित परिवारका ७ जनाको निर्ममतापूर्वक हत्या गरेका थिए । भारतीय सञ्चारमाध्यमका अनुसार शबनमले अंग्रेजी र भूगोल विषयमा एमए अध्ययन गरेकी छन् । तर उनका प्रेमी सलीमले पाँच कक्षासम्म मात्र अध्ययन गरेका छन् ।
उनीहरुबीचको सम्बन्धलाई परिवारले अस्वीकार गरेपछि दुवै मिलेर शबनमको परिवारकै हत्या गर्ने योजना बनाइएको थियो । उक्त योजनाअनुसार पहिला परिवारका सबै सदस्यलाई बेहोसीको औषधि खुवाइएको थियो । बेहोस भएको मौका छोपी सबैलाई बञ्चरो प्रहार गरी हत्या गरिएको बताइन्छ ।
मथुरा जेलमा एक सय ५० वर्ष अघि नै फाँसी घर बनाइएको थियो । यो जेलमा महिलालाई फाँसी दिने व्यवस्था रहे पनि भारत स्वतन्त्र भए यता यो जेलमा महिलालाई फाँसी दिइएको छैन । हालै जेल प्रशासनले कसुरदारलाई फाँसीमा झुण्ड्याउने जल्लादलाई दुई पटक फाँसी घरको निरीक्षण गराएको बताइन्छ । उनकै सुझावका आधारमा फाँसी घरको मर्मत र फाँसीमा प्रयोग हुने डोरीसमेत जेल प्रशासनले मगाएको भारतीय मिडियाले जनाएका छन् ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया