राष्ट्रिय दलित पत्रकार संघ नेपाल कपिलवस्तु शाखाको बैठक सम्पन्न

तौलिहवा

राष्ट्रिय दलित पत्रकार संघ नेपाल कपिलवस्तु शाखाको बैठक आज गोरुसिंगेमा सम्पन्न भएको छ। शाखाका जिल्ला अध्यक्ष कृष्ण प्रसाद हरिजनको अध्यक्षता र राष्ट्रिय दलित पत्रकार संघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष चिन्ता परियारको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो।

बैठकले बुटवलमा हुने राष्ट्रिय सम्मेलनको तयारीमा आवश्यक पहल गर्ने निर्णय गरेको छ। यही फागुन २१ र २२ गते बुटवलमा राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम साधारण सभा तथा राष्ट्रिय महाधिवेसन गर्दै छ। उक्त सम्मेलनमा देशभरबाट २ सय भन्दा बढी प्रतिनिधिहरु उपस्थित हुदै छन।

संघका लुम्बिनी प्रदेश अध्यक्ष परियारले संघलाई थप क्रियाशिल हुदै सम्मेलनलाई भव्यरुपमा सम्पन्न गर्नका लागि पहल गर्न आग्रह गर्नु भएको छ। उहाले सम्मेलनलाई सफल बनाउन सामाजिक संघसंस्थाहरु, स्थानीय, प्रदेश तथा संघीय सरकारलाई सहयोगका लागि अपिल गर्नु भयो।

संघका जिल्ला अध्यक्ष हरिजनले राष्ट्रिय सम्मेलन सम्पन्न गर्न आवश्यक पहल गर्नका लागि तत्पर रहेको बताउदै संघका सदस्यहरुलाई थप क्रियाशिल हुन जोड दिनु भयो। बैठकमा संघका कोषाध्यक्ष राम शरण रैदास, सचिव विक्रम विश्वकर्मा, सदस्यहरु शम्भु विश्वकर्मा, धनीराम कोरी, राम बहादुर गन्धर्ब, राज कुमार चमारलगायतको उपस्थिति रहेको थियो।

 

यस्तै संघको जिल्ला शाखाले सदस्यता विस्तार पनि गरेको छ। सदस्यता विस्तार गर्दै ११ सदस्यीय जिल्ला कार्य समिति गठन भएको छ। आजको बैठकले हर्टबिट एफएममा कार्यरत पत्रकार सागर विश्वकर्मा र रेडियो समानताका कार्यरत पत्रकार प्रकाश विश्वकर्मालाई आज जिल्ला कार्यसमितिमा मनोनित गरेको हो। सदस्यता विस्तारसंगै संघले पूर्णता पाएको छ।

 

प्रतिक्रिया

खबर सबै