
निर्वाचन सामग्री खरिदका लागि टेण्डर आह्वान गर्ने आयोगको तयारी

काठमाण्डाै
निर्वाचन आयोगले चुनाव गराउन आवश्यक पर्ने सामग्री खरिदका लागि टेण्डर आह्वानको तयारी गरेको छ ।
सम्भवतः आज टेण्डर आह्वान गर्ने तयारी भैरहेको आयोगका सहप्रवक्ता कोमल प्रसाद धमलाले जानकारी दिनुभयो । प्रतिनिधिसभा विघटनसँगै तोकिएको मितिमै चुनाव गराउने तयारीसहित आयोग लागिपरेको र आवश्यक सामग्री खरिदका लागि टेण्डर आह्वन गर्न लागिएको उहाँको भनाइ छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटबारे सर्वोच्चको फैसला नआइसकेको र नेकपाभित्रको विवाद समाधान नभैसकेको अवस्थामा आयोगले चुनावी तयारीलाई तिब्रता दिएको हो । यस्तै आयोगले चुनावको आचारसंहिता तयार गरिसकेको छ भने सबै राजनीतिक दलसँग छलफल गरेर चुनाव प्रयोजनका लागि दल दर्ता प्रक्रिया सुरु गर्ने तयारी गर्दैछ । हिजो प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा पनि आयोगका पदाधिकारीले तोकिएकै समयमा चुनाव गराउने प्रतिवद्धता जनाएका थिए ।
प्रतिनिधि सभा विघटनसँगै आउँदो वैशाख १७ र २७ गतेका लागि मध्यावधि चुनाव घोषणा भएको छ । पहिलो चरणमा वैशाख १७ गते ४० जिल्लामा र दोस्रो चरण २७ गते ३७ जिल्लामा चुनाव गराउने सरकारको तयारी रहेको छ । वैशाख १७ गते कर्णाली, लुम्बिनी, प्रदेश २, गण्डकीका ४० जिल्लामा तथा दोस्रो चरणमा सुदूरपश्चिम, वाग्मती र प्रदेश १ का ३७ जिल्लामा चुनाव गर्ने सरकारले निर्णय गरेको छ । सरकार र निर्वाचन आयोगले तयारी भैरहेको भने पनि चुनावबारेको अन्योल भने कायमै छ ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया