प्रचण्ड – नेेपाल समूहले बोलायो सचिवालय बैठक

काठमाडौं

नेकपा प्रचण्ड माधव पक्षले सचिवालय बैठक बोलाएको छ । बैठक नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेरमा बस्ने नेताहरुले बताएका छन् । बैठकमा आन्दोलनको समीक्षाका साथै र भोलि प्रतिगमनका विरुद्ध आयोजना गरिएको बृहत विरोध सभाबारे छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपा प्रचण्ड माधव पक्षले त्यसलाई प्रतिगमन भन्दै संघर्ष गरिरहेको छ ।  भोलीको विरोध सभामा नेकपाले २ लाख मानिस उतार्ने र अहिलेसम्मकै विशाल जनसभा भनेको छ ।  नेकपा विभाजित बनेसँगै तत्कालीन सचिवालयका ९ सदस्यमध्ये दुवै पक्षमा चाररचार जना छन् भने वामदेव गौतमले कित्ता छुट्टयाएका छैनन् ।

प्रतिक्रिया

खबर सबै