
कांग्रेसले एक्लै आन्दाेलन गर्छ : नेता शशाङ्क

काठमाण्डाै
नेपाली कांग्रेसका महामन्त्री शशाङ्क कोइरालाले नेपाली कांग्रेसले आन्दोलन गर्दा कसैसँग मिल्न नहुने बताउनुभएको छ ।
सोमबार नेपालका पूर्वप्रधानमन्त्री सुशील कोइरालाको छैठौँ स्मृति दिवसका अवसरमा सुशील कोइराला सोस स्लिट युथ सर्कलले काठमाण्डाैमा आयोजना गरेको ‘सङ्कटमा संविधान’ विषयक विचार गोष्ठीमा बोल्नु हुँदै महामन्त्री कोइरालाले नेपाली कांग्रेसले आन्दोलन गर्दा कसैसँग मिल्न नहुने बताउनुभएको हो ।
नेपाली कांग्रेसको आफ्नै विचार र अस्तित्व भएका कारण संयुक्त आन्दोलनमा जान नहुने उहाँको भनाइ छ । संयुक्त आन्दोलनमा गए कांग्रेसलाई घाटा हुने उहाँले बताउनुभयो । महामन्त्री कोइरालाले आफ्ना कार्यकर्ताहरूलाई समेटेर एकजुट बनाएर लिएर जान सके कांग्रेसको भविष्य उज्ज्वल रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे प्रचण्ड–माधव पक्षका स्थायी कमिटी सदस्य रघुजी पन्तले संविधानको रक्षा गर्नु अहिलेको मूल दायित्व भएको बताउनुभयो । उहाँले संविधान, लोकतन्त्र, गणतन्त्र र धर्म निरपेक्षताको रक्षा गर्नुपर्ने बताउनुभयाे । अहिले सङ्घीयता र धर्मनिरपेक्षताको बारेमा प्रश्न उठाएर संविधानलाई कमजोर बनाउन नहुने बताउनुभयो ।
नेता पन्तले वैशाखमा चुनाव नहुने भन्दै संविधानको रक्षाका लागि सबै राजनीतिक दल मिलेर आन्दोलनमा जानुपर्ने धारणा राख्नुभयो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले अहिलेको समस्याको मुख्य जड प्रधानमन्त्री ओलीको मानसिकता रहेको बताउनुभयो । ओलीलाई नागरिकले संसद्, संविधान र कानुनको अधिनमा बसेर शासन गर्न चुनाव जिताएर पठाएको भए पनि कानुन, संविधान, अदालत केही नमान्ने प्रवृत्ति ओलीमा रहेको उहाँको भनाइ छ ।
नेता रिजालले प्रतिनिधि सभा विघटन अघि एकै ठाउँमा बसेका मान्छेहरू अहिले विभक्त भएको भन्दै कुनै एकको पक्षमा नेपाली कांग्रेस नलाग्ने पनि स्पष्ट पार्नुभयो ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद







प्रतिक्रिया