
तीन दिन प्रदेश स्थापना दिवश मनाईने


बुटवल
लुम्बिनी प्रदेशले तीन दिन स्थापना दिवस मनाउने भएको छ । स्थापनाको अवसरमा आयोजना गरिने विशेष कार्यक्रम भने प्रदेशको स्थायी राजधानी दाङको राप्ती गाउँपालिकामा हुने भएको छ ।
शुक्रबार बुटवलमा बसेको प्रदेश स्थापना दिवश कार्यक्रम सञ्चालन तथा ब्यवस्थापन समितिको बैठकको निर्णय अनुसार फागुन २, ३ र ४ गते मुख्यमन्त्री शंकर पोख्रलको प्रमुख आथित्यतामा कार्यक्रमहरु आयोजना हुने भएको हो ।
प्रदेश स्थापना दिवश कार्यक्रम सञ्चालन तथा ब्यवस्थापन समितिका अध्यक्ष रहेका लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बसेको बैठकले लुम्बिनी प्रदेशका सबै जिल्लाको सहभागितामा विभिन्न कार्यक्रम गरी तीन दिन प्रदेश स्थापना दिवश मनाउने निर्णय गरिएको बैठकमा उपस्थित राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले बताए ।
स्थापना दिवसका अवसरमा फागुन २ गते सबै पालिकाहरुमा शिक्षा, स्वास्थ्य, सरसफाई संग सम्वन्धित कार्यक्रम सञ्चालन गर्ने, फागुन ३ गते विशेष कार्यक्रमको आयोजना गरी प्रदेश सरकारद्धारा घोषणा गरिएका पदकहरु सम्बन्धित ब्यक्तिहरुलाई सुशोभित गर्ने, प्रदेश भरिका सञ्चार माध्यमबाट प्रदेशका बारेमा जानकारी मुलक कार्यक्रम गरिने छ ।
त्यस्तै फागुन ४ गते प्रदेश स्थापना दिवशको अवसरमा प्रदेशका विभिन्न स्थानमा वातावरण संरक्षण मुलक कार्यक्रमको आयोजना सहित दिपावली गरिने भएको छ ।
बैठकमा ३ दिनको कार्यक्रमलाई सभ्य र भब्य रुपमा सम्पन्न गर्न जिम्मेवारी समेत बाडफाड गरिएको छ । प्रदेशका मन्त्रालय, १२ वटै जिल्लाका पालिका, संघ संस्था, सुरक्षाकर्मी, सञ्चारकर्मी, स्वास्थ्यकर्मी मार्फत कार्यक्रम ब्यवस्थीत गर्न आव्हान गरिएको छ । कार्यक्रममा प्रदेशको कला, संस्कृति र भेषभुषा झल्कने झाँकी समेत प्रदर्शन गरिने कार्यक्रम रहेको छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया