

ओलीले पशुपतिमा नाटक देखाउनुभयो, जनै लगाउनुभएको छ ः नेता पौडेल



काठमाडौं
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले पाखण्डी काम गरिरहेको बताएका छन् । नेपाली काँग्रेस रामपुर नगर कमिटीद्वारा आयोजित कार्यकर्ता भेटघाटमा उनले भने, ‘सिद्धान्त लिन्छ कम्युनिष्टको । माक्र्सवादले धर्म भनेको अफिम हो भन्छ। कम्युनिस्ट पार्टीबाट हुन्छ प्रधानमन्त्री । त्यो प्रधानमन्त्री होटेलमा ठूलो समारोह गरेर होलीवानको होली खेल्छ । एकातिर होलीवानको होली खेल्छ, अहिले आएर पशुपतिमा अर्को नाकट देखाएर हिन्दुको कुरा गर्छ । यस्तो पाखण्डी काम गर्नुहुन्छ ।’
राज्यमा एक धर्मलाई च्याप्ने र अर्को धर्मलाई फ्याक्ने काम गर्न नहुने पौडेलको भनाइ छ । ‘राज्यभित्र सबै धर्म अटाउँछन् । सबै संस्कृति अटाउँछन् । अहिले धर्मका नाउँमा हिँडेका नेताहरुको खोलेर हेर्दा जनै पनि छैन होला । तर मेरो खोलेर हेर्नु भो भने जनै छ, आफ्नो जनै देखाउँदै पौडलले भने म चाहिँ हिन्दु हो । अहिले पनि पुजा गर्छु । हरेक दसैंमा नवदुर्गाको पाठ पढ्छु । यो मभित्रको आस्था हो । तर म यसलाई राज्यमा लाध्दैन । अन्य धर्ममाथि थोपर्न चाहन्न । बिपी कोइरालाले पनि त्यही गरेका हुन् ।’
देश र जनतालाई भ्रममा पार्दै ओलीले यस्तो पाखण्डी काम गरेको उनको आरोप छ । फरक प्रसंगमा नेता पौडेलले संसद पुनःस्थापनाको विकल्प नभएको बताए । ‘हामीले असंवैधानिक भनिसकेपछि हाम्रो गन्तव्य पनि त्यसलाई संवैधानिक बनाउने हो । त्यसका लागि संसद पुनःस्थापना हुनुपर्छ । म दाँया बाँया जान्दिन् पार्टीको निर्णय बोलिरहेको छु । संसद पुनःस्थापनाको विकल्प छैन’ उनले भने ।
चुनावमा जाँदा काँग्रेसलाई फाइदा हुने भएपनि काँग्रेस फाइदामा मात्र हिड्ने पार्टी नभएको उनको भनाइ छ । उनले भने, ‘काँग्रेस त सिद्धान्तमा हिँड्ने पार्टी हो नि । चुनाव नै सबै लोकतन्त्र हो भन्ने पनि होइन । संविधानमै टेकेर चुनावमा जानु नै लोकतन्त्र हुन्छ । यो कुरा बुझौँ ।’
यस्तै उनले चुनाव गराउने भए राजीनामा गरेको खै भन्दै ओलीलाई प्रश्न गरे । उनले भने, ‘चुनाव घोषणा गरेपनि निर्वाचन आचारसिंहता मान्नुपर्दैन ? जताततै आफ्ना मान्छे भर्ती गर्ने काम भएको छ । भोलि लालमोहर लगाउन सजिलो होला भनेर । संवैधानिक निकाय पनि त्यस्तै भए । निर्वाचन आयोगले पनि स्वतन्त्र हैसियत देखाइरहेको छैन । त्यसैले हामीलाई ढुलमुल भएको छ अदालत पनि के गर्ने हो भनेर ?’
संविधानमा संसद विघटन कही नभएको भए पनि अदालतले बदर नगरिदिने होकि भनेर शंका गर्नुपरेको पौडेलले बताए । ‘राष्ट्रिय आत्माविश्वास डग्मगायो । कसैमाथि भरोसा छैन । भरोसाको केन्द्र चाहियो । कम्युनिस्टमाथि जनताले भरोसा गर्ने ठाउँ रहेन । अब कम्तिमा काँग्रेस त छ भन्ने पार्नु पर्यो नि ? नेपाली काँग्रेसलाई नेपाली जनताको भरोसाको केन्द्र बनौं । नेपाल र नेपालीको भविष्य नेपाली काँग्रेसलाई सुधारेर अब हामी अगाडि बढ्नुपर्छ उनले भने ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया