

प्रचण्डले भने यो वर्तमान सरकार जंगली



काठमाडौं
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार जंगली भएको बताएका छन् । बुधबार बहिर्गमित जनमुक्ति सेना, नेपालको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
प्रचण्डले १० वर्षे सशस्त्र जनयुद्धमा बरु आफूहरु अनुशासित भएको तर केही मान्छेले जंगली भन्ने गरेको सम्झना गर्दै अहिलेको सरकार चाहिँ जंगली भएको टिप्पणी गरेका हुन् ।
प्रचण्डले केही व्यक्तिले जंगली भएको आरोप लगाए पनि युद्धको समयमा आफूहरु जनताको काखमा भएको दाबी गरे । उनले केपी ओली नेतृत्वको सरकारले नियम कानुन र संविधान नमानेको भन्दै जंगली भएको आरोप लगाएका हुन् ।
‘अहिले सरकारले जे मन लाग्यो त्यही गर्न थालेको छ । बरु हामी अनुशासनमा थियौँ । विधिमा थियौँ । विचार र पद्धतिमा थियौँ । दर्शनमा थियौँ । तर, हामीलाई केही मान्छेले जंगली भन्थे । तर, हामी जंगली त थिएनौँ । जनताको काखमै थियौँ’, प्रचण्डले भने, ‘तर, अहिले केपीको नेतृत्वमा जुन सरकार चलेको छ त्यो चाहिँ जंगली भयो । न संविधान मान्नु छ, न नियम कानुन मान्नु छ ।’
प्रचण्डले सरकारले विधि पद्धति तोडेर संवैधानिक परिषद्को नियुक्ति र शपथ गराएको भन्दै आपत्ति जनाए ।
‘विधि पद्धति सबै तोडेर संवैधानिक परिषद्को शपथ गराइयो । गर्नै नहुने काम भयो’, प्रचण्डले भने, ‘जंगली राज भएको संकेत भएको छ । निरंकुशता भएको संकेत भएको छ । निरंकुशता सुरु भएको महसुस भएको छ ।’


खबर सबै
-
थारू बस्तीमा अट्वारीको रौनक
-
बालविवाहमुक्त वडामै १७ वर्षीया किशोरीको सुत्केरी हुने क्रममा मृत्यु
-
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ९ घाइते
-
सिँचाइ कुलोमा मृत फेला परेकी महिलाको खुल्यो पहिचान
-
बाणगंगा नदिमा आएकाे बाढीमा परि एकजना बेपत्ता, एककाे सकुशल उद्वार
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
सिँचाइ कुलोमा मृत फेला परेकी महिलाको खुल्यो पहिचान
-
बाणगंगा नदिमा आएकाे बाढीमा परि एकजना बेपत्ता, एककाे सकुशल उद्वार
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?
-
भैरहवास्थित क्यासिनोमा प्रहरीको छापा, ६ जना पक्राउ
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण






प्रतिक्रिया