काठमाडौंमा ओली समूहको मोटरसाइकल र्‍याली

काठमाडौं

नेकपा ओली समूहले काठमाडौंमा मोटरसाइकल र्‍याली निकालेको छ। नेकपाका नेता महेश बस्नेतले नेतृत्वमा मोटरसाइकल र्‍याली निकालिएको हो।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको पोस्टरसहित मोटरसाइकल र्‍याली निकालिएको छ। र्‍यालीले गर्दा काठमाडौंका सडकमा सवारी आवागमन अस्तव्यस्त भएको छ।

बालकुमारीबाट सुरू भएको र्‍याली सातदोबाटो-लगनखेल-जावलाखेल-पुल्चोक-थापाथली-त्रिपुरेश्वर-एनएसी-जमलचोक- दरबारमार्ग-नारायणहिटी-जयनेपाल हल-कमलपोखरी-रातो पुल-गौशाला-एयरर्पोर्ट हुँदै तीनकुने पुगेर सभामा परिणत भएको राष्ट्रिय युवा संघले जनाएको छ।

यही माघ २३ गते ओली समूहले आम सभा गर्दैछ। त्यसको अघि मोटरसाइकल र्‍याली निकालिएको हो।

प्रतिक्रिया

खबर सबै