
‘न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई’ गीतको जवाफमा ‘नाइँ मलाई त्यही केटी चाहिन्छ’

काठमाडौं
प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमाथि सुनुवाई गरिरहेको संवैधानिक इजलासमा मंगलबार महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले एउटा गीतको बोल सुनाएँ– नाइँ मलाई त्यही केटी चाहिन्छ । प्रतिनिधिसभा विघटनका सम्बन्धमा सरकारका तर्फबाट बहस गरिरहेका खरेलले उक्त गीतको बोललाई निवेदकहरुको जिकिरसँग तुलना गर्दै एउटा किस्सा सुनाए ।
‘बाबुआमाले आफ्नो छोरालाई हुर्काइ–बढाइ गरेर विवाहका लागि योग्य बनाउँछ तर उसले यो गीतको बोलझैं आफूले मन पराएको त्यही केटी चाहिन्छ भनेर जिद्दी गरेजस्तो उहाँहरुलाई त्यही प्रतिनिधिसभा किन चाहिएको हो ?’ उनले भने, ‘ताजा जनादेशमा गएर अर्को प्रतिनिधिसभा गठन गर्न किन नमिल्ने ?’
महान्यायाधिवक्ता खरेलले गत माघ १४ गते इजलासमा निवेदकका पक्षबाट बहस गर्दै वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले अञ्जु पन्तको गीत ‘न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई’ गीत सुनाएर सरकारलाई प्रश्न गरेको सन्दर्भमा मंगलबार ‘नाइँ मलाई त्यही केटी चाहिन्छ’ बोलको गीत सुनाएर जवाफ दिएका हुन् ।
वरिष्ठ अधिवक्ता घिमिरेले तत्कालीन माओवादीहरु शान्ति प्रक्रियामा आएर संविधानसभाको दुईवटा निर्वाचनपछि संविधान बनाएर मुलुकलाई शान्ति र स्थायित्वको दिशामा अघि बढाइएको भए पनि त्यत्रो मेहनत गरेर बनाएको संविधान र त्यसबाट प्राप्त उपलब्धि मेट्ने प्रयासस्वरुप प्रतिनिधिसभा विघटन गरिएको जिकिर गरेका थिए ।
जनताको ७ दशक लामो एजेण्डा सार्थक हुँदै संविधानसभाबाट संविधान बनाइए पनि उक्त संविधानलाई संकटमा पार्नेगरी प्रतिनिधिसभा विघटन गरिएको भन्दै उनले ‘न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई’ गीतको अवस्थामा पु-याइएको उनको जिकिर थियो ।
महान्यायाधिवक्ता खरेलले भने सो गीतको मर्म नै नबुझी इजलासमा त्यसलाई उद्धृत गरिएको तर्क गरे ।सोमबार सरकारका पक्षबाट बहस थालेका महान्यायाधिवक्ता खरेलले मंगलबार खाजा समयअघि आफ्नो बहस टुङ्ग्याएका छन् ।
खाजा समयपछि वरिष्ठ अधिवक्ता सुशील पन्तले सरकारका पक्षबाट बहस गर्नेछन् ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया