“निर्वाचन आयोगको काम निर्वाचन गर्ने हो, नगरेर हुन्छ, गराउनैपर्छ !” : प्रधानमन्त्री ओली

जनकपुर

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन तोकिएको मितिमा नै हुने दाबी गर्नुभएको छ । उहाँले निर्वाचन तोकिएका दिनबाट एक दिनपनि तलमाथि नहुने भन्दै आगामी बैशाख १७ गते शुक्रबार नै निर्वाचन हुने दाबी गर्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषा जिल्लाको ढल्केवरस्थित देशको सबैभन्दा ठूलो क्षमताको विद्युत् सबस्टेशनको उद्घाटन गर्दै तोकिएको मितिमा चुनाव हुनेमा कुनै सन्देह नगर्न आह्वान समेत गर्नुभयो । उहाँले भन्नुभयो, ‘निर्वाचन आयोगको काम निर्वाचन गर्ने हो, नगरेर हुन्छ ?

प्रधानमन्त्री ओलीले देशको सबैभन्दा ठूलो क्षमताको सबस्टेशन निर्माणमा सफलताको टुङ्गोले देशलाई झलमल्ल पार्न सकिने दृष्टान्त प्रस्तुत गरेको बताउनुभयो । “अब जति बिजुली चाहियो त्यसको आधार निर्माण भएको छ”, उहाँले भन्नुभयो ।

पाँच वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै प्रधानमन्त्री ओलीले ढल्केवर–मुजफ्फरपुर र अरूण तेस्रो जलविद्युत् परियोजनाको शुभारम्भ गर्नुभएको थियो ।

प्रतिक्रिया

खबर सबै