

किसानले भाेक हड्ताल थालेपछि दिल्लीमा इन्टरनेट सेवामा प्रतिबन्ध




काठमाण्डाै
किसानले भोक हड्तालकाे सुरु गरेपछि भारतको दिल्लीमा इन्टरनेट सेवामा प्रतिबन्ध लगाइएको छ ।
शान्ति सुरक्षाका लागि भन्दै किसानले पक्कड जमाएका दिल्लीका तीन क्षेत्रलाई लक्षित गरी इन्टरेनटमा प्रतिबन्ध लगाइएको भारतीय सञ्चारमाध्यमलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
भोक आन्दोलनरत किसानहरुलाई लक्षित गरेर दिल्लीको सिङ्घु, गाजीपुर र टिक्रीमा मोबाइल इन्टरनेटमा बन्द गरिएको हो । आज मध्यरातसम्म नै मोबाइल इन्टरनेटमा प्रतिबन्ध लाग्ने त्यहाँको सरकारले जनाएको छ ।
भारत सरकारले ल्याएको कृषिसम्बन्धी नयाँ कानुन फिर्ता लिनुपर्ने भन्दै लामो समयदेखि किसान आन्दोलनमा छन् । विदेशी ठूला लगानीकर्तालाई आकर्षित गर्ने गरेर सरकारले ल्याएको कानुनले आफूहरुलाई विस्थापित गर्ने किसानको गुनासो छ ।
आन्दोलनरत किसान र सरकारबीच यसबीचमा पटक-पटक वार्ता भएपनि निष्कर्ष निस्कन सकेको छैन । आन्दोलनरत किसानले भारतको गणतन्त्र दिवसका अवसरमा दिल्लीमा ट्र्याक्टरसहित र्याली निकालेका थिए ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया