
ओलीको प्रतिगामी कदम विरुद्ध संयुक्त जनआन्दोलन गर्नुपर्छ : नेता श्रेष्ठ

कपिलवस्तु ।
जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठले प्रतिनिधिसभा विघटनलाई प्रतिगामी बताउँदै संयुक्त जनआन्दोलन गर्नुपर्ने बताउनुभएको छ ।
जसपा कपिलवस्तुले बुधबार कपिलवस्तुको चार नम्बरमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता श्रेष्ठले प्रतिनिधिसभा विघटनजस्तो प्रतिगामी कदमविरुद्ध सम्पूर्ण अग्रगामी परिवर्तनका पक्षधर शक्ति मिलेर पुनः एकपटक संयुक्त जनआन्दोलनको आँधिबेरी सिर्जना गर्नुपर्ने बताउनुभयो ।
नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले सनकका भरमा संसद भंग गरेको पनि उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले कुनै समय संसद पाँच वर्षसम्म भंग हुन सक्दैन् भनेको स्मरण गर्दै श्रेष्ठले अहिले आफै संसद भंग गरेको गर्नु ओलीको सनकको परिणाम भएको टिप्पणी गर्नुभयो ।

संसद र सविधान माथि प्रहार गर्ने अधिकार कसैलाई पनि नभएको बताउनुभयो । पार्टीको आन्तरिक झगडा र द्धोन्द्ध समाधान गर्न नसकेपछि राष्ट्र र जनता माथि आघात पु¥याउने काम सह्यि नहुने पनि नेता श्रेष्ठले बताउनुभयो ।
श्रेष्ठले नेकपा ओली समूहका नेता सुवासचन्द्र नेम्वाङलाई दुई जिबे्र तथा चमेरोको संज्ञा दिनुभएको छ । नेम्वाङले पहिले संसद विघटन गर्न पाईदैन भन्ने समयमा परिस्थिति अर्कै रहेको र अहिलेको परिस्थिति अर्कै रहेको भनेर दिएको अभिव्यक्तिको श्रेष्ठले चर्को आलोचना गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले पुष ५ गते राष्टपति समक्ष प्रतिनिधि सभा विघटनको सिफारिस गर्दै गरेको विघटनको निर्णयले जनता समाजवादी पार्र्टी सडक संघर्षमा उत्रिएको हो । विभिन्न चरणका विरोधका कार्यक्रम अन्र्तगत आज कपिलवस्तुमा आयोजना गरिएको प्रतिनिधि सभा पुर्नस्थापनाको माग स्वरुपको विरोध सभामा जसपाका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री दानबहादुर चौधारीले सरकारको असफलता प्रधानमन्त्रीका हरेक कदमले पुष्टि गरेको बताउनुभयो ।
उहाँले भ्रष्टाचार, महंगी, तथा राष्टघाती कदमहरु गर्नमा मात्रै आफ्नो ध्यान दिएका प्रधानमन्त्रीले अन्तत ः देशको संविधान र संसदमाथि नै आक्रमण गरेको आरोप लगाउनुभयो ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया