

वाणगंगा ७ ले दियो १ सय बढी विद्यार्थीलाई न्यानो स्विटर



पुष २८ कपिलवस्तु ।

कपिलवस्तु सहित देशभर चिसो बढेसँगै जनजीवन प्रभावित भईरहेको छ । अझ विशेष गरी विद्यालय उमेरका वालवालिकाहरु चिसोका कारण प्रभावित भईरहेका छन् ।
बढ्दो चिसोका बिच स्थानिय तह अन्र्तगतका वडा कार्यालयहरुले लक्षित वर्गको कार्यक्रम अन्र्तगत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिरहेका छन् ।
केहि दिन यता बढिरहेको चिसो र शितलहरका कारण विद्यालयमा अध्ययन गर्ने वालवालिकाहरु प्रभावित भएको भन्दै कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ७ ले मंगलबार १०७ जना विद्यार्थीहरुहरुलाई न्यानो कपडा स्वरुप स्विटर वितरण गरेको छ ।
वडा नम्बर ७ स्थित जन ज्योति माध्यमिक विद्यालयको कक्षा ११ र १२ मा अध्ययनरत १ सय ७ जना विद्यार्थीहरुलाई विद्यालय पोशाक अन्र्तगतकै विद्यालयको लोगो सहितको न्यानो स्विटर वितरण गरिएको वडा अध्यक्ष विष्णु गिरीले जानकारी दिनुभयो । चालु आर्थिक वर्ष २०७७÷०७८ को वडाको वालवालिका लक्षित कार्यक्रम अन्र्तगत विद्यार्थीहरुलाई स्विटर प्रदान गरिएको वडा अध्यक्ष गिरीले बताउनुभयो ।
वडा नम्बर ७ ले गत वर्ष पनि वडा भित्रका विभिन्न सामुदायिक विद्यालयका ९ सय ७५ वालवालिकाहरुलाई न्यानो कपडा वितरण गरेको थियो ।
वडा अध्यक्ष गिरीका अनुसार वडाले चालु वर्षका लक्षित वर्गका अन्य कार्यक्रमहरु पनि धमाधम सम्पन्न गरिरहेको छ । महिला लक्षित, युवा लक्षित, जेष्ठनागरिक लक्षित कार्यक्रमहरु सम्पन्न भईसकेको वडा अध्यक्ष गिरीले जानकारी दिनुभयो ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया