
ओली नसच्चिए पतन हुने कांग्रेसको चेतावनी

काठमाण्डौ ।
प्रतिनिधिसभा विघटनको विरुद्धमा नेपाली कांग्रेसले आज देशका ३ सय ३० वटा प्रदेशसभा क्षेत्रमा प्रदर्शन र आमसभा गरेको छ ।
दोस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तरगत कांग्रेसले आज ३ सय ३० वटा निर्वाचन क्षेत्रमा प्रदर्शन र आमसभा गरेको हो । देशका विभिन्न ठाउँमा भएका आमसभालाई सम्बोधन गर्दै कांग्रेसका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विरोधी काम गरेको र लोकतन्त्र मास्ने नियत राखेको आरोप लगाएका छन् ।
नागरिकले वर्षौं लामो त्याग र बलिदान दिएर बनाएको संविधान मिचेर प्रधानमन्त्री ओलीले आफूलाई निरंकुश तानाशाह बनाएको नेताहरुको आरोप छ ।
काठमाण्डौको बुढानिलकण्ठमा भएको आमसभामा सभापति शेरबहादुर देउवाले ओलीले संसद विघटन गरेर संविधान र प्रजातन्त्र विरोधी काम गरेको आरोप लगाउनुभयो । संविधान विघटनको विषय सर्वोच्चमा विचाराधिन अवस्थामा रहेकाले यो विषयमा धेरै बोल्न नहुने उहाँको भनाइ छ ।
यदि अदालतले संसद विघटनलाई सदर गरेर चुनाव हुने भएमा कांग्रेस चुनावको लागि तयार रहेको पनि देउवाको भनाइ छ ।
यस्तै काठमाण्डौकै भृकुटीमण्डपमा भएको सभामा प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री ओली नसच्चिए पूर्व राजा ज्ञानेन्द्र जस्तै पतन भएर जाने चेतावनी दिनुभयो । ज्ञानेन्द्रमा जस्तै ओलीमा पनि निरंकुश बन्ने सपना पलाएको तर नागरिकले ओलीका सपनालाई ध्वस्त बनाइदिने प्रवक्ता शर्माको भनाइ छ ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया