

तत्काल पदबाट नहटे ट्रम्पलाई महाअभियोग लगाउने सभामुखको चेतावनी

एजेन्सी, पुस २५
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई तत्कालै पदबाट हट्न दबाब बढेकाे छ । अमेरिकी सभामुख न्यान्सी पेलोसीले ट्रम्पले तत्काल ह्वाइट हाउस छाड्न आग्रह गरेकी छन् ।
ट्रम्पले तत्काल राष्ट्रपति कार्यालय खाली नगरे उनीमाथि महाअभियोग लगाइने चेतावनी सभामुख पेलाेसीले दिएकी छन् । उनीमाथि नछाडे संसदमा आक्रमण गराएको घटनामा अभियाेग लगाउन सकिने पेलाेसीकाे भनाइ छ । स्वेच्छाले नहटे संसदले कारबाही थाल्ने भन्दै पेलोसीले बेलैमा पद त्याग्न चेतावनी दिएकी हुन् ।
न्यान्सीले ट्रम्पले खतरनाक देशद्रोहको काम गरेको भन्दै रिपब्लिकन सांसदहरुले पनि ट्रम्पलाई अब तत्कालै पदबाट निस्कन दबाब दिनुपर्ने बताइन् । हुन त ट्रम्पकाे कार्यकाल यसै पनि जनवरी २० मा सकिन लागेकाे छ । तर उनले सजिलै पद छाड्न अस्वीकार गरेमा र संसद हमलाकाे घटनाजस्तै अन्य घटना दाेहाेरिन सक्ने त्रास समेत फैलिएकाे छ ।
पेलाेसीले भने हालै भएकाे संसद आक्रमणमा संलग्न जाेसुकैमाथि कानुनी कारबाही गरिने जनाएकी छन् । उनले साे घटनाका क्रममा मारिएका एक प्रहरी अधिकारीको सम्मानमा संसदको झण्डा आधा झुकाउन पनि निर्देशन दिएकी छन् । अहिलेसम्म संसद आक्रमणकाे घटनामा १ प्रहरीसहित ५ जनाले ज्नान गुमाएका छन् ।


खबर सबै
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन









प्रतिक्रिया