
वैशाखमा हुने चुनाव रोकिँदैन : प्रधानमन्त्री ओली

काठमाडौं, पुस १९
प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो वैशाखमा घोषित चुनाव नरोकिने बताउनुभएको छ । काठमाण्डौमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी सङ्गठन (अनेरास्ववियु) काे आफू निकटकाे भेलामा प्रधानमन्त्री ओलीले कुनै पनि हालतमा संसद् पुनर्स्थापना हुन नसक्ने र चुनाव भएरै छाड्ने दाबी गर्नुभएको हो ।
कतिपयले चुनाव हुँदैन भनेर भ्रम फैलाइरहेको भन्दै उहाँले त्यस्ता भ्रमको पछि नलाग्न आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले सरकारले तोकेकै मिति वैशाख १७ र २७ गते प्रतिनिधि सभाको चुनाव हुने बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले चुनावलाई कसैले पनि पर सार्न नसक्ने दाबी गर्नुभयो । प्रतिनिधि सभाको चुनाव नेपाली नागरिक र देशको आवश्यकता भएकाले चुनाव तोकिएकै समयमा हुने उहाँको भनाइ छ ।
देशलाई अलमलमा बस्न नदिन चुनाव आवश्यक रहेको उहाँको भनाइ छ । पार्टीभित्र सरकारलाई काम गर्न नदिने, बदनाम गराउने, आन्दोलन ध्वस्त पार्न, राष्ट्रियता कमजोर पार्न, नक्सा छापेको तथा संविधान संशोधन भएको बहानामा गुटबन्दी गरेकाले सङ्गठन गतिशील नभएको प्रधानमन्त्री ओलीले बताउनुभयाे ।
पार्टीभित्रै बसेर आन्दोलनको बदनाम गरेको र सरकारको कामको बदनाम गराउन मात्रै समय बरबाद गरेकाले प्रतिनिधि सभा भङ्ग गर्नुपरेको उहाँकाे भनाइ छ । प्रधानमन्त्री ओलीले आजै सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटन गर्नुपरेको कारणको जवाफ पठाएको समेत बताउनुभयो ।
प्रधानमन्त्री ओलीले पार्टीको चुनाव चिह्न सूर्य आफूहरूले नै पाउने बताउनुभयो । उहाँले नेपालको विदेश नीति सन्तुलित हुने र भौगोलिक अखण्डताको रक्षा गर्दै राष्ट्रिय हितलाई सुरक्षित गर्न अघि बढ्ने पनि बताउनुभयो ।
यस्तै उहाँले पार्टी फुटाउन र आफूमाथि खनिन खुमलटारमा मात्रै दुई सय ८० पटक बैठक बसेको बताउनुभयो । उहाँले प्रचण्ड–नेपाल समूहलाई आफ्नो समूहमा आए अपराध माफ गरिदिनेसमेत बताउनुभयो ।
आफूले प्रचण्डलाई अध्यक्ष पद कायमै राखेर कार्यकारी अधिकार मात्रै हटाएको भन्दै उहाँले अरू वरिष्ठ नेताहरू पनि जस्ताको त्यस्तै पदमा रहेका र आफ्नो समूहको बैठकमा सहभागी हुन आग्रह गर्नुभएको हो ।
यसअघि गएको पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गर्नुभएको थियो । संसद् विघटन पनि सत्तारुढ नेकपा दुई समूहमा विभाजित भएकाे छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया